७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरी र चट्याङसहित पानी पर्ने, सतर्कता अपनाउन आग्रह



अ+ अ-

काठमाडौँ । काठमाडौँ सहित देशभरिकै मौसम अहिले बदली भई केही ठाउँमा पानी परिरहेको छ ।

पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम बदली भई केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो प्रणाली अहिले काठमाडौँ सहित मध्य क्षेत्रमा धेरै देखिएको छ । यसकै प्रभावले उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने भएकाले सतर्कता अपनाउन उनले आग्रह गरेकिछिन् ।

उनका अनुसार अबको दुई घण्टाजति हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना छ । यसकै प्रभावले पश्चिमको दार्चुला र पूर्वको ताप्लेजुङ आसपास मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ । मौसमविद् बासीका अनुसार भोलि र पर्सि पनि मौसम खुल्ने सम्भावना छैन ।