२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फापेन बिराटलाई कप्तानी, कोलकतासँग पनि लजास्पद हार



अ+ अ-

काठमाडौँ । आन्द्रे रसेलको विस्फोटक पारीको सहयोगमा कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ५ विकेटले हराएको छ ।

शुक्रबार राति इन्डियन प्रिमियर लिगमा बेंग्लोरले दिएको २०६ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले पहिलो ओभरमै शानदार प्रदर्शन गर्यो । तर दोस्रो ओभरको पाँचौ बलमा नवदीप सैनीले कोलकाताका ओपनिङ ब्याट्सम्यान सुनिल नारायणलाई आउट गरे । नारायण १० रन बनाएर पेभेलियन फर्किए । पहिलो विकेटका लागि नारायणले क्रिस लिनसँग २८ रनको साझेदारी गरे

सुनिल नारायण आउट भएसँगै ब्याटिङका लागि आएर विकेटकीपर ब्याट्सम्यान रोबिन उथप्पा । उनले क्रिस लिनसँग मिलेर कोलकाताको स्कोर ९० पार गराए । तर ९।५ ओभरमा पवन नेगीले उथप्पालाई टिम साउथीको हातबाट क्याच गराए । उनले २५बलमा ६ चौकाको सहयोगमा ३३ रन बनाए । दोस्रो विकेटका लागि उथप्पाले लिनसँग ६५ रनको साझेदारी गरे ।

त्यसपछि ओपनिङ ब्याट्सम्यान क्रिस लिनका रुपमा कोलकाताको तेस्रो विकेट गयो । स्पिन बलर पवन नेगीले लिनलाई बोल्ड आउट गरे । लिनले ३१ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४३ रनको शानदार पारी खेले । १५।४ ओभरमा युजवेन्द्र चहलले नितीश रानालाई आउट गरे । चहलले रानालाई स्थानापन्न खेलाडी हेनरिक क्लासेनको हातबाट क्याच आउट गराए । रानाले २३ बलमा एक चौका र २ छक्काको सहयोगमा ३७ रन बनाए ।

त्यसपछि १७ औँ ओभरको अन्तिम बलमा नवदीप सैनीले कोलकाताका कप्तान दिनेश कार्तिकदाई चहलबाट क्याच आउट गराए । कार्तिक १९ रनमा आउट भए ।

आन्द्रे रसेलले १३ बलमा ४८ रनको योगदान दिएपछि बैंग्लोरले २०५ रनको योगफल पनि रक्षा गर्न सकेन । २६ बलमा ६६ रनको आवश्यकता परेको अवस्थामा क्रिजमा आएका रसेलले एक चौका र सात छक्का प्रहार गरे । उनले १९औँ ओभरमा चार छक्का र एक चौका प्रहार गरेपछि कोलकाताले जित हात पारेको हो । १९औं ओभरमा उनले टिम साउथीलाई आफ्नो ब्याटिङको जादु देखाउँदै निरीह बनाएका थिए । रसेलको उत्कृष्ट प्रदर्शनसँगै कोलकाताले पाँच बल बाँकी छँदै खेल जित्यो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेंग्लोरले २० ओभरमा तीन विकेट गुमाउँदै २०५ रन बनाएको थियो ।

उसका लागि विराट कोहलीले ८४ रनको योगदान दिए । उनले ४९ बलमा नौ चौका र दुई छक्का प्रहार गरेका थिए । यस्तै एबी डी भिलियर्सले ३२ बलमा ६३ रन बनाए । उनले पनि पाँच चौका र चार छक्का प्रहार गरेका थिए ।

मार्क स्टोनिसले २८ रनको योगदान दिए भने पार्थिव पटेलले २५ रन जोडे ।

बलिङतर्फ कोलकाताका सुनिल नारायन, नितीश राना र कुलदीप यादवले एक–एक विकेट लिए ।जितसँगै कोलकाताले चार खेलबाट ६ अंक बनाएको छ भने बेंग्लोर पाँच खेलमा जितविहीन छ ।

योसँगै कोलकाताले जारी सिजनमा तेस्रो जित हात पारेको छ भने बेंगलोरले लगातार पाँचौ हार व्यहोरेका छ ।