७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा फर्कियो



अ+ अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटलबमा लिभरपुल शीर्ष स्थानमा फर्किएको छ ।

गएराति भएको खेलमा साउथ ह्याम्पटनमाथि ३–१ को जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । घरेलु टोली साउथ ह्याम्पटनले नवौँ मिनेटमा साने लङको गोलबाट अग्रता बनाएको थियो । लिभरपुलका नाबी केइटाले ३६ औं मिनेटमा गोल गरेपवछि लिभरपुल खेलमा फर्किएको थियो ।

पहिलो हाफमा १–१ गोल भएकोमा लिभरपुलले दोस्रो हाफमा २ गोल थपेको थियो ।

मोहम्मद सलाहले ८० औ मिनेटमा लिभरपुलका लागि गोल गर्दै २–१ को अग्रता दिलाए । जोर्डन हेन्डरसनको पासमा उत्कृष्ट गोल गरेपछि लिभरपुल तीन अंक नजिक पुगेको थियो । ८६औं मिनेटमा हेन्डरसनले व्यक्तिगत पहिलो गोल गरेपछि लिभरपुल ३–१ ले विजयी हुन सफल भयो ।

लिभरपुलको ८२ अंक छ भने एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ८० अंक रहको छ ।