९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

इंग्लिस प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा फर्कियो

इंग्लिस प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा फर्कियो
अ अ+ अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटलबमा लिभरपुल शीर्ष स्थानमा फर्किएको छ ।

गएराति भएको खेलमा साउथ ह्याम्पटनमाथि ३–१ को जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । घरेलु टोली साउथ ह्याम्पटनले नवौँ मिनेटमा साने लङको गोलबाट अग्रता बनाएको थियो । लिभरपुलका नाबी केइटाले ३६ औं मिनेटमा गोल गरेपवछि लिभरपुल खेलमा फर्किएको थियो ।

पहिलो हाफमा १–१ गोल भएकोमा लिभरपुलले दोस्रो हाफमा २ गोल थपेको थियो ।

मोहम्मद सलाहले ८० औ मिनेटमा लिभरपुलका लागि गोल गर्दै २–१ को अग्रता दिलाए । जोर्डन हेन्डरसनको पासमा उत्कृष्ट गोल गरेपछि लिभरपुल तीन अंक नजिक पुगेको थियो । ८६औं मिनेटमा हेन्डरसनले व्यक्तिगत पहिलो गोल गरेपछि लिभरपुल ३–१ ले विजयी हुन सफल भयो ।

लिभरपुलको ८२ अंक छ भने एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ८० अंक रहको छ ।