७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुबालाई जेलमा भेट्दा ‘राम्रोसँग पढ’ भन्नुभयो



अ+ अ-

काठमाडौं । १९९७ सालमा बुबा (गणेशमान सिंह) पक्राउ पर्नुभयो । ००१ सालमा उहाँले भद्रगोल जेल ब्रेक गर्नुभयो । राणाशासनलाई चुनौती दिएको भन्दै बुबाको ठूलो फोटोसहित गोरखापत्रमा ‘वान्टेड’ छापियो । म चकित भएँ । उहाँले भारतमा बिपी कोइरालासँग मिलेर कांग्रेस गठन गर्नुभयो । ००७ सालको क्रान्तिको तयारी गर्न फेरि नेपाल फर्किनुभयो ।

०१७ सालमा तत्कालीन राजा महेन्द्रले ‘कु’ गर्दा म एक कक्षा पढ्दै थिएँ । प्रजातन्त्रको अपहरणपछि बुबालाई सुन्दरीजल जेलमा राखियो । त्यसवेला महिनाको एकपटक भेट्न पाइन्थ्यो । तर, बुबाले लामो समयसम्म कसैसँग भेट्नुभएन । के कारणले भेट्नुभएन, म सानै भएकाले उति थाहा पाइनँ । करिब तीन वर्षपछि मात्रै बुबासँग भेट भयो ।

हामी सपरिवार बुबालाई भेट्न गयौँ । जेलको गेटछेउमा भेट्ने ठाउँ थियो । फलफूलहरू लगेका थियौँ । प्रहरीले चाखेपछि मात्रै बुबालाई दिए । हामीलाई जेलको बिल्डिङ परपर घुमाइयो । मैले त्यहीँ पहिलोपटक किसुनजी (कृष्णप्रसाद भट्टराई), बिपी कोइराला, देवानसिंह राई र रामनारायण मिश्रलगायतलाई देखेँ । तर, उहाँहरूसँग दोहोरो संवाद भएन ।

जेलमा भेट्दा बुबाले ‘राम्रोसँग पढ’ भन्नुभएको थियो । बुबा जेल पर्नुको कारण धेरथोर थाहा थियो । बुबा त्यहाँ ८ वर्ष बस्नुभयो । जेलबाट छुटेपछि घरमा छोटो समय बस्नुभयो । त्यसपछि जिल्ला भ्रमणमा निस्किनुभयो । जिल्ला भ्रमणमा म पनि बुबासँगै गएको थिएँ । मधेसका जिल्ला घुमेको सम्झना छ मलाई । यो सामग्री नयाँ पत्रिकामा प्रकाशित छ ।