२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारत भ्रमण उपलब्धिमूलक रह्योः परराष्ट्रमन्त्री सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विप्लव’का दुई कार्यकर्ता पक्राउ



अ+ अ-

चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका थप दुई कार्यकर्ता पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार भरतपुर महानगरपालिका कैलाशनगरबाट शुक्रबार दिउँसो १ बजे दुई जना पक्राउ परेका हुन्। विप्लव समूहका नेता कार्यकर्तालाई जहाँ भेट्यो त्यही पक्राउ गर्ने सरकारको निर्देशनअनुसार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए। उनीहरु विप्लव समूहका भ्रातृ संगठनका अध्यक्षलगायतका पदमा सक्रिय रहेको स्रोतले बताएको छ।

उनीहरुको परिचय खुलाइएको छैन। पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले परिचय गोप्य नै राखिएको प्रहरीको भनाइ छ। सरकारले प्रतिबन्ध लगाएपछि हालसम्म विभिन्न मितिमा चितवनबाट विप्लव समूहका ११ जना नेता कार्यकर्ता पक्राउ परिसकेका छन्। यसअघि पक्राउ परेका नौ जनामाथि म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी रेग्मीले बताए।