७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विप्लव’का दुई कार्यकर्ता पक्राउ



अ+ अ-

चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका थप दुई कार्यकर्ता पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार भरतपुर महानगरपालिका कैलाशनगरबाट शुक्रबार दिउँसो १ बजे दुई जना पक्राउ परेका हुन्। विप्लव समूहका नेता कार्यकर्तालाई जहाँ भेट्यो त्यही पक्राउ गर्ने सरकारको निर्देशनअनुसार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए। उनीहरु विप्लव समूहका भ्रातृ संगठनका अध्यक्षलगायतका पदमा सक्रिय रहेको स्रोतले बताएको छ।

उनीहरुको परिचय खुलाइएको छैन। पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले परिचय गोप्य नै राखिएको प्रहरीको भनाइ छ। सरकारले प्रतिबन्ध लगाएपछि हालसम्म विभिन्न मितिमा चितवनबाट विप्लव समूहका ११ जना नेता कार्यकर्ता पक्राउ परिसकेका छन्। यसअघि पक्राउ परेका नौ जनामाथि म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी रेग्मीले बताए।