९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

नेकपाको एकता प्रक्रिया : हलो अड्कियो, गोरु अगाडि बढ्यो त ?

नेकपाको एकता प्रक्रिया : हलो अड्कियो, गोरु अगाडि बढ्यो त ?
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकतामा भइरहेको ढिलाइले नेता तथा कार्यकर्ता नै उकुसमुकुस छन् । तल्लो तहसम्ममा पूर्णरूपमा एकता हुन नसक्दा र नेताहरूले उपयुक्त जिम्मेवारी पाउन नसक्दा दुई तिहाइ बहुमतको सरकारले गरेका राम्रा कार्यसमेत आमनागरिकसमक्ष प्रवाह हुन सकेका छैनन् ।तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १० महिना बित्दासमेत तल्लो तहसम्म एकता टुंगो लाग्न सकेको छैन ।
एकता टुंगो लाग्न नसक्दा नेताहरूले जिम्मेवारी पाउन सकेका छैनन् भने कार्यकर्तामा उत्साह थपिन सकेको छैन ।


तत्कालीन नेकपा र माओवादीले एकता अघिसम्म नियमित रूपमा नै जनस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरी आआफ्ना कार्यकर्तालाई गोलबन्द पार्थे तर दुई दलको एकतापछि जिम्मेवारी टुंगो लाग्न नसक्दा गाउँ, जिल्ला र केन्द्रीयस्तरमा हुने महŒवपूर्ण कार्यक्रम नै अवरुद्धजस्तै भएका छन् । पार्टीको भेला, प्रचारप्रसार, प्रशिक्षण तथा महŒवपूर्ण कार्यक्रम शून्य अवस्थामा पुगेका छन् । यसले कार्यकर्तामा चरम निराशा छाउन पुगेको नेताहरूकै स्वीकारोक्ति छ ।

तत्कालीन एमाले र माओवादीबीच ३ जेठमा पार्टी एकीकरण भएको थियो । एकीकरण सभामा शीर्ष नेताले तीन महिनाभित्रमा पार्टी एकता टुंगो लगाउने उद्घोष गरेका थिए । तर, नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एकीकरणका समयमा घोषणा गरेअनुसार पहल थाल्न नसक्दा एकता प्रक्रियाले अन्तिम रूप लिन नसकेको आमकार्यकर्ताको गुनासो छ ।
। अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच पदीय भागबन्डामा सहमति हुन नसक्दा एकताको टुंगो लाग्नमा ढिलाइ भएको नेकपा स्रोतले जनाएको छ ।

अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालबीचमा विवाद छ । केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटी अझै गठन हुन सकेका छैनन् ।

एकता टुंगो लाग्न नसक्दा त्यसको प्रभाव पार्टीका साथै सरकार सञ्चालनमा समेत परेको नेताहरूले स्वीकार गरेका छन् । सांगठनिक एकतामा भएको ढिलाइले संघीय, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा कामको प्रचार हुन सकेको छैन । राम्रा कामको प्रचार हुन सकेको छैन भने नराम्रा काम गर्ने स्थानीय तहलाई पार्टीले नियन्त्रणसमेत गर्न सकेको छैन ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकतामा भइरहेको ढिलाइले नेता तथा कार्यकर्ता नै उकुसमुकुस छन् । तल्लो तहसम्ममा पूर्णरूपमा एकता हुन नसक्दा र नेताहरूले उपयुक्त जिम्मेवारी पाउन नसक्दा दुई तिहाइ बहुमतको सरकारले गरेका राम्रा कार्यसमेत आमनागरिकसमक्ष प्रवाह हुन सकेका छैनन् ।तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १० महिना बित्दासमेत तल्लो तहसम्म एकता टुंगो लाग्न सकेको छैन ।


एकता टुंगो लाग्न नसक्दा नेताहरूले जिम्मेवारी पाउन सकेका छैनन् भने कार्यकर्तामा उत्साह थपिन सकेको छैन । तत्कालीन नेकपा र माओवादीले एकता अघिसम्म नियमित रूपमा नै जनस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरी आआफ्ना कार्यकर्तालाई गोलबन्द पार्थे तर दुई दलको एकतापछि जिम्मेवारी टुंगो लाग्न नसक्दा गाउँ, जिल्ला र केन्द्रीयस्तरमा हुने महŒवपूर्ण कार्यक्रम नै अवरुद्धजस्तै भएका छन् । पार्टीको भेला, प्रचारप्रसार, प्रशिक्षण तथा महŒवपूर्ण कार्यक्रम शून्य अवस्थामा पुगेका छन् । यसले कार्यकर्तामा चरम निराशा छाउन पुगेको नेताहरूकै स्वीकारोक्ति छ ।

तत्कालीन एमाले र माओवादीबीच ३ जेठमा पार्टी एकीकरण भएको थियो । एकीकरण सभामा शीर्ष नेताले तीन महिनाभित्रमा पार्टी एकता टुंगो लगाउने उद्घोष गरेका थिए । तर, नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एकीकरणका समयमा घोषणा गरेअनुसार पहल थाल्न नसक्दा एकता प्रक्रियाले अन्तिम रूप लिन नसकेको आमकार्यकर्ताको गुनासो छ ।
। अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच पदीय भागबन्डामा सहमति हुन नसक्दा एकताको टुंगो लाग्नमा ढिलाइ भएको नेकपा स्रोतले जनाएको छ ।

अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालबीचमा विवाद छ । केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटी अझै गठन हुन सकेका छैनन् ।

एकता टुंगो लाग्न नसक्दा त्यसको प्रभाव पार्टीका साथै सरकार सञ्चालनमा समेत परेको नेताहरूले स्वीकार गरेका छन् । सांगठनिक एकतामा भएको ढिलाइले संघीय, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा कामको प्रचार हुन सकेको छैन । राम्रा कामको प्रचार हुन सकेको छैन भने नराम्रा काम गर्ने स्थानीय तहलाई पार्टीले नियन्त्रणसमेत गर्न सकेको छैन ।

नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले पार्टी विधिवत् रूपमा सञ्चालन हुन नसकेको स्वीकार गरे । एकता टुंगो लाग्न नसक्दा त्यसको प्रभाव तीनै तहको सरकार सञ्चालनमा परेको उनले बताए । साथै पार्टी नै विधिवत् रूपमा सञ्चालन हुन नसक्दा पार्टी र सरकारको काम प्रभावकारी हुन नसकेको निष्कर्ष उनको छ । राम्रो कामको प्रचार हुन सकेको छैन भने नराम्रो काम गर्नेलाई कारबाही गर्न सकिएको छैन यसले पार्टी र सरकार दिनानुदिन कमजोर हँुदै गइरहेको छ,’ नेता साहले राजधानीसँग भने ।

‘एक त अधिकांश कमिटीको टुंगो लाग्न सकेको छैन, टुंगो लागेको कमिटीको विधिवत् रूपमा बैठकसमेत हुँदैन,’ स्थायी कमिटी सदस्य साहले भने, ‘पार्टीको एकता ढिलाइले त्यसको प्रभाव तीनै तहको सरकार सञ्चालनमा परिरहेको छ, यी सबै हेर्दा पार्टी कुन दिशामा बढ्दै छ, चिन्ताको विषय बनेको छ ।’

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले एकताको टुंगो छिटै लाग्ने बताए । ढिलोमा वैशाख पहिलो सातामा सबै टुंगो लाग्ने बताउँदै उनले अध्यक्षद्वय त्यसको आन्तरिक गृहकार्यमा लागेको दाबी गरे ।

‘ढिलोमा वैशाख पहिलो साताभित्रमा एकताको सबै काम टुंगो लाग्छ’ पौडेलले भने, ‘कतिपय स्थानीय तहमा टुंगो लागि नै सक्यो, जिल्लासहित अन्य सबै कमिटी छिटै टुंगो लगाउन शीर्ष नेता गृहकार्यमै हुनुहुन्छ ।’

पछिल्लो १० महिनामा एकता टुंगो लगाउन चार कार्यदल गठन गर्दै विघटन भए । पछिल्लो समय स्थायी कमिटीबाट गठन भएको कार्यदल विघटन गर्दै एकताको सम्पूर्ण प्रस्ताव तयार गर्ने जिम्मेवारी सचिवालयले लिएको छ । तर, सचिवालयले समेत अध्यक्षद्वयलाई प्रस्ताव तयार गर्न जिम्मेवारी दियो ।
नेकपा केन्द्रीय कमिटीका सदस्य जगन्नाथ खतिवडाले एकताले पार्टी कार्यकर्ताको संख्यामा वृद्धि भए पनि पूर्ण हुन नसक्दा राजनीतिक, सांगठनिक कार्यक्रम नै शून्य भएको बताए । पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशित नहुन र सांगाठनिक एकता टुंगो लाग्न नसक्दा गम्भीर प्रश्न उठिरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

‘पहिला पहिला पार्टीको भेला, प्रचारप्रसार, प्रशिक्षण, बैठकसहित कार्यक्रम निरन्तर चलिरहेको थियो’ खतिवडाले भने, ‘पार्टी एकताले संख्या थपिए पनि पूर्ण एकता नभएकाले त्यसको प्रभाव सबैतिर परिरहेको छ ।’

। एकता विधि, प्रक्रिया, पद्धति एवं मापदण्डअनुसार नै हुनुपर्ने बताउँदै उनले पार्टीको हिजोको वरीयता मिचेर आफू खुसी गर्न खोजिए अर्को द्वन्द्व हुने बताउँदै नेतृत्वलाई सचेत हुन सुझाव दिए ।

नेता खतिवडाका अनुसार एकता टुंगो लाग्नमा भइरहेको ढिलाइले त्यसको प्रभाव पार्टीका साथै सरकार सञ्चालनमा समेत परेको छ । निर्वाचित जनप्रतिनिधिको विचारमा शून्यता आएको बताउँदै उनले अहिले नियमित बैठक, प्रशिक्षण, भेलालगायतका गतिविधि आवश्यक रहेको बताए । तर, एकता नै टुंगो लाग्न नसक्दा नेता कार्यकर्ता नै बेरोजगार भएको र यो क्रम लामो समयसम्म रहिरहे त्यसले संगठन विस्तारमा गम्भीर क्षति पुग्न सक्ने बताए ।

महिनौंसम्म एकता टुंगो लाग्न नसकेका कारण अलपत्र परेका सबै तहका कमिटीको कुनै कार्यक्रम पनि भइरहेको छैन । कार्यक्रम शून्य हुनुका साथै नेताहरूले जिम्मेवारी नपाएका कारण पार्टीको सांगठनिक कार्यका साथै वैचारिक कार्य ओझेलमा परेको छ ।

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी एकता उत्साहमा भए पनि सांगठनिक एकताको तयारी हुन नसकेको स्वीकार गरेका छन् । पार्टी एकताअघि नै सांगठनिक रूपमा संस्थागत तयारी नभएर ढिलाइ भएको उनले बताए ।

पार्टी एकताले अन्तिम रूप नपाउँदा केही न केही प्रभाव पारेको सत्य हो । तर, २१औ शताब्दीको कुनै कमिटी प्रणालीमा आधारित छैन । किनकि, सशक्त मिडिया, विभिन्न प्रकारका सूचना प्रविधिका माध्यम र बढ्दो चेतनास्तरका कारण सत्यतथ्य बाहिर आउन समय लाग्दैन ।
पार्टी एकता प्रक्रियामा केही ढिलाइ भए पनि पार्टीमा सिद्धान्तको अवसान भएको छैन, नेतृत्वमा निष्ठाको खडेरी भएको छैन, त्यसैले निराशा र उकुसमुकुस मान्नुपर्ने अवस्था छैन । सरकारका काम आग्रहमा होइन तथ्यांकमा विश्लेषण गर्न जरुरी छ । कमिटी एउटा निश्चित प्रक्रियामा टुंगिने भएकाले धैर्यता गर्दै सरकारका राम्रा कार्य जनस्तरमा प्रवाह गर्दा सम्पूर्ण नेता, कार्यकर्ता र पार्टीको हित हुन्छ । राजधानीबाट