९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

भारतले पाकिस्तानको लडाकु विमान खसाएको दावी झुटो

भारतले पाकिस्तानको लडाकु विमान खसाएको दावी झुटो
अ अ+ अ-

काठमाडौँ । भारतले पाकिस्तानको लडाकु विमान एफ १६ खसाएको भनेर गर्दै आएको दावी झुटो भएको एक अमेरिकी म्यागजिनले जनाएको छ । प्रख्यात अमेरिकी म्यागजिन ‘फरेन पोलिसी’ का अनुसार पाकिस्तानसँग रहेका सबै एफ १६ विमान सुरक्षित र यथास्थितिमा छन् ।

पत्रिकाका अनुसार दुई वरिष्ठ अमेरिकी अधिकारीले पाकिस्तानमै गएर एफ १६ को अवस्था जाँचबुझ गरेका थिए । त्यसमा उनीहरुले सबै विमान सुरक्षित पाएको पत्रिकामा उल्लेख छ । पाकिस्तानी सैन्य प्रवक्ताले भनेका छन्, ‘अब समय आएको छ कि भारतले आफ्नो क्षतिको बारेमा सत्य बताओस् ।’

भारतीय वायू सेनाले आफ्ना विङ कमान्डर अभिनन्दन वर्धमानले पाकिस्तानी एफ १६ मा आक्रमण गरेर खसाएको दावी गर्दै आएको छ । पाकिस्तानी विमान खसेपछि अभिनन्दनले पाकिस्तानी भूमिमा सुरक्षित अवतरण गरेको भारतीय वायू सेनाको भनाइ छ ।

अमेरिकी अधिकारीले फरेन पोलिसीलाई बताएअनुसार दुवै देशका बीच तनावका कारण केही विमान तत्काल जाँचबुझका लागि उपलब्ध गराइएको थिएन, त्यसैले गन्ती गर्न केही साता लाग्यो ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले भनेका छन्, ‘भारतले हमला गरेको र पाकिस्तानमा ठूलो क्षति पुर्‍याएको दावी पनि झुटो हो । अब समय आएको छ कि भारतले सबै कुरा साँचो बताओस र आफूलाई भएको क्षतिको विवरण देओस् ।’

फरेन पोलिसीले लेखेको छ, ‘मिग २१ उडाइरहेका अभिनन्दनले पाकिस्तानी एफ १६ मा निशाना साँधेको र फायर पनि गरेको हुन सक्छ र आफ्नो निशाना अचुक रहेको ठानेको हुन सक्छ । तर पाकिस्तानमा अमेरिकी अधिकारीहरुको जाँचले नयाँ दिल्लीको दावीलाई असत्य ठहर्‍याएको छ । र, भारतीय अधिकारीहरुले त्यो दिनको घटनाको बारेमा अन्तर्राष्ट्रिय समुदायलाई भ्रममा पारेको देखिन्छ ।’

अमेरिकी रक्षा अधिकारीका अनुसार घटनापछि आफ्नो एफ १६ विमान बिमानको जाँचबुझ गर्न पाकिस्तान सरकारले नै आमन्त्रण गरेको थियो । पाकिस्तानले भारतमाथि आक्रमणमा एफ १६ प्रयोग नगरेको बताउँदै आएको छ । पाकिस्तानले एफ १६ विमान अमेरिकासित खरिद गरेको हो । खरिद सम्झौताबमोजिम अमेरिकालाई ती विमानहरुको गन्ती र सुरक्षाका लागि समय समयमा जाँच गर्ने अधिकार छ । तर, सम्झौतामा ती विमानको प्रयोगका लागि कुनै शर्त नराखिएको अमेरिकी रक्षा अधिकारीले बताएका छन् ।

भारतमा लोकसभा चुनाव नजिकिँदै गर्दा भारतीय जनता पार्टीले पाकिस्तानी भूमिमा आफ्नो वायू सेनाले आक्रमण गरेर सयौंको हताहती गरेको र पाकिस्तानी एफ १६ खसाएको भनेर प्रचार गर्दै आएका छन् ।