७ पुष २०८२, सोमबार
,
Latest
देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुएला : सत्तारुढ दल र विपक्षी दलले काराकसमा शक्ति प्रदर्शन गर्ने



अ+ अ-

भेनेजुएलाको सत्तारुढ दल र विपक्षी दलले शनिबार राजधानी काराकसमा छुट्टाछुट्टै स्थानमा कार्यक्रम गरी आ–आफ्ना तर्फबाट शक्ति प्रदर्शन गर्ने भएका छन् ।

सत्तारुढ दल युनाइटेड सोसलिष्ट पार्टी अफ भेनेजुएला (पीएसयुभी) र विपक्षी दलले राजधानीमा आफ्ना समर्थकहरुसहितको कार्यक्रमका लागि बिहीबार आह्वान गरेका हुन् ।

‘यही शनिवार अप्रिल ६ तारिखका दिन हामी सवै जना स्थानीय समय अनुसार बिहान नौ बजे राजधानीको मुख्य ठाउँमा भेला हुन लागेका छौँ,’ सत्तारुढ दलको कार्यक्रम तथा जनपरिचालन उपाध्यक्ष डारिओ भिभासले भने ।

राज्यद्वारा सञ्चालित भि टिभीलाई टेलिफोनमा उनले दिएको जानकारी अनुसार सरकार समर्थकहरुले सरकारको पक्षमा नारा लगाउँदै राष्ट्रपति कार्यालय अगाडिसम्म ¥याली निकाल्ने भएका छन् ।

भोलि नै प्रतिवन्धित विपक्षी दलले पनि देशब्यापी प्रदर्शनको आयोजना गरेको छ । सत्तारुढ दललाई सत्ताबाट हटाउनु पर्ने माग गर्दै सो पार्टीले प्रदर्शन गर्न लागेको अधिकारीहरुले बताएका छन् ।

‘अप्रिल ६ तारिखका दिन हामीले परिवर्तनको एजेण्डालाई उठाउदै देशभरी प्रदर्शनको तयारी गरेका छौँ,’ विपक्षी नेता जुआन गुएइदोले भने । गुआइदोले गत जनवरीमा आफूलाई राष्ट्रपति घोषणा गराएका थिए ।

विपक्षी दलको बहुमत रहेको राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गुएइदोले काराकसमा संघीय संसदीय दरबार बनाउने घोषणा पनि गरेका छन् ।

‘शनिबार हामीले कडा दवाव दिने छौँ, हाम्रो प्रदर्शन पूर्ण रुपमा शान्तिपूर्ण नै हुनेछ, रणनीतिक र व्यवस्थित तरिकाले हामीले सडकमा प्रदर्शन गर्नेछौँ,’ उनले ट्वीट गरेका छन् ।

सत्तापक्ष र विपक्ष दुवैले शनिबारको प्रदर्शनलाई आफ्नो शक्ति प्रदर्शनको रुपमा लिएका छन् ।