१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुरी प्रभावितलाई सहयोग गर्नेभन्दा रमिता देखाउने बढी



अ+ अ-

वीरगन्ज । हुरी प्रभावित भरबलियास्थित दुरपतिदेवीको घरअघि उभिएर एकजनाले ‘सेल्फीस्टिक’ मा स्मार्ट मोबाइल हालेर त्यहाँको दृष्य हिन्दी भाषामा बयान गर्दै थिए ।

पक्की घर, कच्ची घर, खपटाको घर भत्किएका र टेम्पोसमेत कुल्चिएको बयानसहित तस्बिर ती व्यक्तिले मोबाइलमा खिचिरहेको देखेर अन्य मानिस पनि त्यहाँ भेला हुन थाले । भीड बढ्दै गयो ।

ती व्यक्तिले एकछिन बिराम लिएको मौका छोपेर एकजनाले सोधे, ‘कुन मिडिया हो ? ’ तर जवाफ आएन । फेरि अर्कोले दोहोयाएर त्यही प्रश्न सोधेपछि जवाफ आयो– मिडिया होइन ‘फेसबुक लाइभ’ हो ।

यस्तो जबाफ सुनेपछि उत्सुक भएर जम्मा भएका अन्य खिन्न भएर आआफ्नो बाटो लागे । उनीहरु पनि बाहिरबाट क्षतिको दृष्य हेर्न आएका थिए । हुरीले विनाश गरेको भोलिपल्ट सोमबार बिहान आठ बजेतिरको दृष्य थियो यो । हुरी प्रभावित बस्तीमा मोबाइल भिडियोग्राफी, मोबाइल फोटोग्राफी र सेल्फी लिने र रमिता हेर्नेको लस्कर दिनहुँ जसो देखिन्छ ।

‘यहाँ त गढीमाईको मेलाजस्तै भएको छ,’ भरबलियाका बिक्की महतोले भने, ‘सीमापारी इन्डियाका मानिस दिनहुँ दर्जनौं ट्याक्टर र जिप चढेर आइरहेका छन् । यता पर्सा र उता रौतहटसम्मका मान्छे पनि आएका छन् । हामी पीडित गास, बास र कपास नपाएर हैरान छौं तर कसलाई भन्ने ?’ उनले अपेक्षा गरेजस्तो पीडितलाई राहत र थप पीडा नहुने खालका काम गरिदिने मानिसको कमी छ । यो समाचार रितेश त्रिपाठीले नागरिक दैनिकमा लेखेका छन् ।