
काठमाडौँ ।चेन्नईका अलराउण्डर ड्वेन ब्राभो चोटका कारण दुई साता मैदानबाहिर रहने भएका छन् । मुम्बई इन्डियन्ससँग बुधबार भएको खेलमा ब्राभोलाई चोट लागेको थियो ।
ब्राभो खेल्न नसक्नेबारे चेन्नईका ब्याटिङ कोच माइकल हसीले आधिकारिक पुष्टि गरेका छन् । पत्रकार सम्मेलन गर्दै हसीले भने, ‘म यो कुराको पुष्टि गर्छु कि ब्राभो ह्यामस्ट्रिङको चोटका कारण दुई साता आईपीएल नखेल्ने भएका छन् । यो टिमका लागि ठूलो घाटा हो । सबैलाई थाहा छ कि उनले खेलाडीका रुपमा टिममा सन्तुलन कायम गर्छन् । उनी नहुँदा टिमलाई केही कठिन अवस्थामा त पुर्याएकै छ । तर मलाई पूरा भरोसा छ कि एकजुट भएर हामी एउटा बलियो टिमका रुपमा खेल्नेछौँ ।’
तीव्र गतिका बलर लुंगी एनगिडी चोटका कारण फर्किइसकेका छन् । त्यस्तै डेभिड विली व्यक्तिगत कारण देखाउँदै यो सिजन नखेल्ने बताएका छन् ।
आईपीएलको १८औँ खेलमा आज चेन्नई र किंग्स इलाभेन पञ्जाब खेल्दैछन् ।










