७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : चेन्नई र पञ्जाब खेल्दै, ब्राभो दुई साता मैदानबाहिर रहने



अ+ अ-

काठमाडौँ ।चेन्नईका अलराउण्डर ड्वेन ब्राभो चोटका कारण दुई साता मैदानबाहिर रहने भएका छन् । मुम्बई इन्डियन्ससँग बुधबार भएको खेलमा ब्राभोलाई चोट लागेको थियो ।

ब्राभो खेल्न नसक्नेबारे चेन्नईका ब्याटिङ कोच माइकल हसीले आधिकारिक पुष्टि गरेका छन् । पत्रकार सम्मेलन गर्दै हसीले भने, ‘म यो कुराको पुष्टि गर्छु कि ब्राभो ह्यामस्ट्रिङको चोटका कारण दुई साता आईपीएल नखेल्ने भएका छन् । यो टिमका लागि ठूलो घाटा हो । सबैलाई थाहा छ कि उनले खेलाडीका रुपमा टिममा सन्तुलन कायम गर्छन् । उनी नहुँदा टिमलाई केही कठिन अवस्थामा त पुर्‍याएकै छ । तर मलाई पूरा भरोसा छ कि एकजुट भएर हामी एउटा बलियो टिमका रुपमा खेल्नेछौँ ।’

तीव्र गतिका बलर लुंगी एनगिडी चोटका कारण फर्किइसकेका छन् । त्यस्तै डेभिड विली व्यक्तिगत कारण देखाउँदै यो सिजन नखेल्ने बताएका छन् ।

आईपीएलको १८औँ खेलमा आज चेन्नई र किंग्स इलाभेन पञ्जाब खेल्दैछन् ।