२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै पूर्वका श्रमिक आन्दोलनमा



अ+ अ-


भद्रपुर । पूर्वका चिया बगान तथा कारखानामा कार्यरत श्रमिकले सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै चैत्र १७ गतेदेखि चरणबद्ध आन्दोलन सुरू गरेपछि चिया बगान तथा उद्योगहरू बन्द भएका छन् ।

नेपाल चिया बगान श्रमिक संघ नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदूर संघले संयुक्तरूपमा आर्थिक वर्ष २०७५/७६ को साउनदेखि सरकारद्वारा श्रमिकका लागि तोकिएको न्यूनतम ज्याला पाउनु पर्ने माग राखेर चरणबद्ध आन्दोलन थालेपछि चिया बगान तथा उद्योगहरू बन्द भएका हुन् ।

श्रमिक संगठनहरूले झापा लगायत चिया क्षेत्रका सबै जिल्लाका चिया प्रतिष्ठानमा अनिश्चितकालीन तालाबन्दी गरी जिल्ला सदरमुकाममा विरोध सभा तथा धर्ना गरिरहेका भए पनि उद्योगीहरूले मजदुरका मागप्रति सुनुवाइ नगर्दा आन्दोलन विवादको बाटोतिर लम्कँदै गइरहेको छ । चिया मजदुरले झापामा सदरमुकाम चन्द्रगढी स्थित ट्रेडयुनियन चौकमा रहेको गिरिजाप्रसाद कोइराला स्मृति भवन अगाडिबाट ‘श्रम ऐन लागू गर, राजपत्रमा उल्लेखित न्यूनतम पारिश्रमिक कार्यान्वयन गर’ लगायत नारा लेखिएका ब्यानरसहित ¥याली लिएर आफ्ना माग पूरा गराउन दवाव दिँदै जिल्ला प्रशासन कार्यालय हुँदै चन्द्रगढी बजार परिक्रमा गरी ट्रेड युनियन चोकमा कोणसभा गरिरहेका भए पनि माग सम्बोधन गर्न राज्यका प्रतिनिधिले समेत ध्यान दिएका छैनन् ।

जिल्लाका विभिन्न स्थानमा धर्ना, कोण सभा, र्याली गरिरहेका चिया मजदुरका मागप्रति राजनीतिक दल, नागरिक समाज र राज्यले समेत प्राथमिकतामा राखेको छैन । मजदुरको ढाडमा टेकेर राजनीतिको उपल्लो स्तरमा पहुँच बनाइ सकेका दलका नेताहरूले उनीहरूको रोदन सुन्न नभ्याएको आरोप समेत लागिरहेको छ ।

नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले चिया बगान र कारखानाका मालिकले नेपाल सरकारको राजपत्रमा उल्लेखित पारिश्रमिक कार्यान्वयनमा चासो नदिएकाले आन्दोलित हुनुपरेको बताए । उनले सरकारले तोकेको न्यूनतम ज्यालाबमोजिम चिया बगानमा कार्यरत श्रमिकको पारिश्रमिक दैनिक रु २३१ तथा महङ्गी भत्ता रु १५४ पाउनु पर्ने हुन्छ । सो ज्याला नपाएपछि चिया मजदुर बाध्य भएर पुनःआन्दोलित बनेका हुन् ।

अखिल नेपाल चिया मजदूर सङ्गठनकी केन्द्रीय अध्यक्ष सीता सापकोटाले मजदुर र बगान मालिक बीच पटकपटक गरिएको वार्ता र छलफल निष्कर्षविहीन भएपछि बन्द तथा हड्तालमा उत्रनु परेको बताइन् । उनले कैयौँपटक व्यवसायी र सरकारको ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरेकाले मजदुरले अनिश्चितकालीन तालाबन्दीसहित आन्दोलन गर्नुपरेको हो ।

झापा, इलाम, धनकुटा, पाँचथर र तेह्रथुममका चिया बगान तथा कारखानामा कार्यरत मजदुर एकैसाथ आन्दोलित बनेका छन् । यता उद्योगी भने सरकारले तोकेको ज्याला दिन नसक्ने अडानमा छन् ।