३१ जेष्ठ २०८३, आईतवार
,
Latest
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रथम भद्रपुर आदिवासी साँस्कृतिक महोत्सव-२०७५ सुरू



अ+ अ-

भद्रपुर । आदिवासी जनजाति महासंघ भद्रपुरले जातीय संस्कृतिको संरक्षण गर्दै ऐतिहासिक नगर भद्रपुरको व्यापारिक चहलपहलको वातावरण निर्माण गर्ने लक्ष्य बोकेर महोत्सव सुरू गरेको छ ।

प्रथम भद्रपुर आदिवासी साँस्कृतिक महोत्सव २०७५ नाम दिएर आयोजना गरेको महासंघले बैशाख ५ गतेसम्म सञ्चालन हुने गरी १५ दिने महोत्सव सुरू गरेको हो । महोत्सवको अवसरमा विविध जातीय पहिचान सहित साँस्कृतिक कार्यक्रम तथा मिस एण्ड मिस्टर आदिवासी झापा समेत सञ्चालन भइरहेको छ । भद्रपुर ८ स्थित मेची बहुमुखी क्याम्पस अगाडिको चौरीमा सञ्चालित महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारले दैनिक साँगीतिक प्रस्तुति दिइरहेका छन् भने महासंघमा आबद्ध १४ जातिका जातीय पहिचान झल्कने खाद्य परिकार, भेषभुषा सहितको स्टल राखिएको छ ।

३५ वटा स्टल रहेको महोत्सवमा राजवंशी, गन्गाई, सुनुवार, मेचे, सन्थाल, थारू, याख्खा, गुरूङ, मगर, तामाङ र भुजेल जातिले मौलिक पहिचान सहितका स्टल राखेका छन् भने महोत्सवलाई आकर्षक बनाउन राष्ट्रिय कलाकारको टोलीले प्रत्येक साँझ नेपाली साँगीतिक प्रस्तुति दिइरहेको आयोजक समितिकी सदस्य रीता मुखियाले जानकारी दिइन् ।

महोत्सव सचिवालय सदस्य याता राजेन्द्र सुनुवार भन्छन् — ऐतिहासिक नगरपालिका भद्रपुरको व्यापारिक चहलपहलका लागि महोत्सव फदायी हुने छ । २२ लाख खर्च अनुमान गरिएको महोत्सवबाट २५ लाख आम्दानी अनुमान गरिएको याताले प्रष्ट्याए ।

संयोजक सन्तोष राजवंशीका अनुसार यस महोत्सवले आदिवासी जनजातिको भाषा, संस्कार, संस्कृति, भेषभुषा, खानपान र बाजागाजाहरूको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने छ । यसैगरी मिस एण्ड मिस्टर आदिवासी प्रतियोगिताले आदिवासी जनजाति युवा युवतीमा कलात्मक क्षमता विकास हुने तथा व्यक्तित्व विकासमा योगदान पुग्ने छ ।