२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रथम भद्रपुर आदिवासी साँस्कृतिक महोत्सव-२०७५ सुरू



अ+ अ-

भद्रपुर । आदिवासी जनजाति महासंघ भद्रपुरले जातीय संस्कृतिको संरक्षण गर्दै ऐतिहासिक नगर भद्रपुरको व्यापारिक चहलपहलको वातावरण निर्माण गर्ने लक्ष्य बोकेर महोत्सव सुरू गरेको छ ।

प्रथम भद्रपुर आदिवासी साँस्कृतिक महोत्सव २०७५ नाम दिएर आयोजना गरेको महासंघले बैशाख ५ गतेसम्म सञ्चालन हुने गरी १५ दिने महोत्सव सुरू गरेको हो । महोत्सवको अवसरमा विविध जातीय पहिचान सहित साँस्कृतिक कार्यक्रम तथा मिस एण्ड मिस्टर आदिवासी झापा समेत सञ्चालन भइरहेको छ । भद्रपुर ८ स्थित मेची बहुमुखी क्याम्पस अगाडिको चौरीमा सञ्चालित महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारले दैनिक साँगीतिक प्रस्तुति दिइरहेका छन् भने महासंघमा आबद्ध १४ जातिका जातीय पहिचान झल्कने खाद्य परिकार, भेषभुषा सहितको स्टल राखिएको छ ।

३५ वटा स्टल रहेको महोत्सवमा राजवंशी, गन्गाई, सुनुवार, मेचे, सन्थाल, थारू, याख्खा, गुरूङ, मगर, तामाङ र भुजेल जातिले मौलिक पहिचान सहितका स्टल राखेका छन् भने महोत्सवलाई आकर्षक बनाउन राष्ट्रिय कलाकारको टोलीले प्रत्येक साँझ नेपाली साँगीतिक प्रस्तुति दिइरहेको आयोजक समितिकी सदस्य रीता मुखियाले जानकारी दिइन् ।

महोत्सव सचिवालय सदस्य याता राजेन्द्र सुनुवार भन्छन् — ऐतिहासिक नगरपालिका भद्रपुरको व्यापारिक चहलपहलका लागि महोत्सव फदायी हुने छ । २२ लाख खर्च अनुमान गरिएको महोत्सवबाट २५ लाख आम्दानी अनुमान गरिएको याताले प्रष्ट्याए ।

संयोजक सन्तोष राजवंशीका अनुसार यस महोत्सवले आदिवासी जनजातिको भाषा, संस्कार, संस्कृति, भेषभुषा, खानपान र बाजागाजाहरूको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने छ । यसैगरी मिस एण्ड मिस्टर आदिवासी प्रतियोगिताले आदिवासी जनजाति युवा युवतीमा कलात्मक क्षमता विकास हुने तथा व्यक्तित्व विकासमा योगदान पुग्ने छ ।