३१ जेष्ठ २०८३, आईतवार
,
Latest
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागूऔषध सहित ७ जना पक्राउ



अ+ अ-

उदयपुर । उदयपुर र मोरङमा लागूऔषध सहित ७ जना युवा पक्राउ परेको छ । उदयपुरमा दुई जना र मोरङमा पाँच युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका ६ का १२ बस्ने २३ वर्षिय विष्णु तामाङ र वडा नं. १ बस्ने १८ वर्षिय आषिस चौधरीलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट नोर्फिन १५ एम्पुल , डाईजोल्याप १७ एम्पुल र फेनारगन १६ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मधु कुमार थापाले जानकारी दिए । उनिहरुलाई लालपत्ता प्रहरी चौकीले चेक जाँचको क्रममा स.६ प ९३५५ नम्बरको मोटर साइकल सहित पक्राउ गरिएको थियो ।

यस्तै ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका २ बाट २ वटा मोटरसाईकल सहित ५ जनालाई पक्राउ गरेको हो । गस्तिमा रहेको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आऊँदै गरेको बा ६५ प ७५६९ र को २६ प ५२०४ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा बेलवारी नगरपालिका ९ का ३० बर्षीय सुमन राई, २७ बर्षीय सनिम राई, २१ बर्षीय आदेश राई, लेटाङ नगरपालिका ३ का २९ बर्षीय बिष्णु नेपाली र २३ बर्षीय शान्तिराम काफ्लेको साथबाट ३२ ट्याव्लेट स्पासप्रोकोन प्लस नामको लागुऔषध फेला पारेको थियो ।

लागुऔषध सहित पक्राउ परेका ५ जनालाई नै ईलाका प्रहरी कार्यालय रङगेलीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।