
काठमाडौं । ओलम्पिक महिला छनोट फुटबलमा नेपाल फेरी भारतसँग पराजित भएको छ ।शनिबार म्यानमारमा भएको खेलमा भारतले नेपालमाथि ३-१ गोल अन्तरको पराजित भएको हो ।
घरेलु मैदानमै भएको साफ च्याम्पियनसीपमा नै भारतलाई रोक्न नसकेको नेपालले ओलम्पिक छनोटमा पनि रोक्न सकेन ।भारतले उपहार गोलबाट अग्रता लिएको थियो । छैटौं मिनेटमा पुनम जर्गा मगरले आत्मघाती गोल गरिन् ।
तर, एक मिनेट नवित्दै निरु थापाले बराबरी गोल गरिन् । पहिलो हाफमा दुबै टोलीबाट थप गोल हुन सकेन ।
दोस्रो हाफमा भारत हावी भयो । ६० औं मिनेटमा भारतले २-१ को अग्रता लियो भने ७८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ३(१ को जित निकाल्यो ।
एक महिनाभित्र भारतसँग नेपालको यो दोस्रो हार हो । विराटनगरमा सम्पन्न साफ महिला फुटबलको फाइनलमा पनि नेपाल भारतसँगै पराजित भएको थियो ।
ओलम्पिक छनोटमा बराबरी खेलेको नेपालले भारतमै भएको हिरो गोल्डकपमा हराएको थियो । लगातारको दुई नजिताले नेपालमाथि भारतको दबदबा तोडिने अनुमान गरिएको थियो ।










