७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोइङले ७३७ म्याक्सको उत्पादन घटाउदै



अ+ अ-

काठमाडौँ । विमान निर्माण कम्पनीले इथोपिया र इन्डोनेसियामा बोइङ् ७३७ म्याक्स विमान दुर्घटना भएपछि उत्पादन घटाउने भएको छ ।

एक विज्ञप्ति निकाल्दै बोइङले मध्य अप्रिलबाट प्रतिमहिना यो विमानको उत्पादन ५२ बाट घटाएर ४२ मा झार्ने निर्णय लिएको छ। बोइङको यो मोडलको विमान धेरै बिक्री हुने विमान हो।

यो मोडलका सबै विमानहरूको उडान इथोपियन विमान दुर्घटनापछि स्थगित गरिएका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा विमानको एन्टि(स्टल सिस्टमु मा देखिएको खराबी कारण दुर्घटना भएको बताइएको छ।

इथोपियन एयरलाइन्सको यही मोडलको विमान अडिस अबाबाबाट उडान भरेको केही मिनेटमा नै दुर्घटनामा परेको थियो। उक्त दुर्घटना परी १५७ जनाको ज्यान गएको थियो।

यस्तै इन्डोनेसियाको लायन एयरको पनि यही मोडलको विमान ५ महिनाअघि दुर्घटनामा परेको थियो। जकर्ताबाट उडेको केही मिनेटमा विमान दुर्घटना हुँदा १८९ जनाले ज्यान गुमाएका थिए।

दुवै घटनाको प्रारम्भिक अनुसन्धानले एन्टी स्टल सिस्टमुमा देखिएको खराबीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको छ।

बोइङले गत बिहीबार विमान दुर्घटनाको विषयमा बोल्दै दुःख प्रकट गर्दै क्षमायचना मागेको थियो। इथोपियन विमान दुर्घटनामा परी आफन्त गुमाएपछि अमेरिकी नागरिक साम्या स्टुमोले बोइङ कम्पनी विरुद्ध बिहीबार सिकागो अदालतमा मुद्दा दायर गरेकी छन्। बीबीसी