२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा समेत झुटो बोल्नुभयोः ज्ञानबहादुर शाही गृह मन्त्रालयलाई थप स्रोत चाहियो, बजेट वृद्धि गर्न गृहमन्त्री गुरुङको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोइङले ७३७ म्याक्सको उत्पादन घटाउदै



अ+ अ-

काठमाडौँ । विमान निर्माण कम्पनीले इथोपिया र इन्डोनेसियामा बोइङ् ७३७ म्याक्स विमान दुर्घटना भएपछि उत्पादन घटाउने भएको छ ।

एक विज्ञप्ति निकाल्दै बोइङले मध्य अप्रिलबाट प्रतिमहिना यो विमानको उत्पादन ५२ बाट घटाएर ४२ मा झार्ने निर्णय लिएको छ। बोइङको यो मोडलको विमान धेरै बिक्री हुने विमान हो।

यो मोडलका सबै विमानहरूको उडान इथोपियन विमान दुर्घटनापछि स्थगित गरिएका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा विमानको एन्टि(स्टल सिस्टमु मा देखिएको खराबी कारण दुर्घटना भएको बताइएको छ।

इथोपियन एयरलाइन्सको यही मोडलको विमान अडिस अबाबाबाट उडान भरेको केही मिनेटमा नै दुर्घटनामा परेको थियो। उक्त दुर्घटना परी १५७ जनाको ज्यान गएको थियो।

यस्तै इन्डोनेसियाको लायन एयरको पनि यही मोडलको विमान ५ महिनाअघि दुर्घटनामा परेको थियो। जकर्ताबाट उडेको केही मिनेटमा विमान दुर्घटना हुँदा १८९ जनाले ज्यान गुमाएका थिए।

दुवै घटनाको प्रारम्भिक अनुसन्धानले एन्टी स्टल सिस्टमुमा देखिएको खराबीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको छ।

बोइङले गत बिहीबार विमान दुर्घटनाको विषयमा बोल्दै दुःख प्रकट गर्दै क्षमायचना मागेको थियो। इथोपियन विमान दुर्घटनामा परी आफन्त गुमाएपछि अमेरिकी नागरिक साम्या स्टुमोले बोइङ कम्पनी विरुद्ध बिहीबार सिकागो अदालतमा मुद्दा दायर गरेकी छन्। बीबीसी