२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्जाबमाथि चेन्नई हाबि, राहुल र सर्फराजको अर्धशतक गयो खेर



अ+ अ-

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत शनिबार राति भएको खेलमा चेन्नई सुपर किङ्ग्सले किङ्ग्स इलाभेन पञ्जाबमाथि २२ रनको जित हात पारेको छ ।

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा मात्र ३ विकेट गुमाएर १६० रन बनायो । उसका लागि फाप डुप्लेसिसको ५४ रनको महत्वपूर्ण पारी खेले । कप्तान महेन्द्र सिंह धोनी ३७ रनमा अविजित रहे ।

जवाफमा मैदान उत्रिएको पञ्जाबको सुरुवात राम्रो हुन सकेन । क्रिस गेल मात्र ५ रनमा आउट भए, जतिबेला छिमको स्कोर ७ रन थियो । मयांक अग्रवाल शुन्यमै आउट भए ।

केएल राहुल र सर्फराज खानले तेस्रो विकेटका लागि ११० रनको साझेदारी गरे । राहुल ५५ रनमा आउट भए भने दुई बल बाँकी छँदा आउट भएका खानले ६७को योगदान दिए । तर, पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।