७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायर्न म्युनिख बुन्डेस लिगाको शीर्ष स्थानमा, डर्टमन्ड पराजित



अ+ अ-

काठमाडौं । वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति घरेलु मैदानमा शीर्ष स्थानको बोरुसिया डर्टमन्डलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै वायर्न लिगको शीर्ष स्थानमा उक्लिएको हो । वायर्न को जितमा रोबर्टो लेवान्डोस्कीले दुई गोल गर्दा माट हुमेल्स, सेर्गी ग्नाब्री र मार्टिनेज अग्युइनागले समान १–१ गोल गरे ।

खेलको सुरुवाती समयदेखि नै डर्टमन्डमाथि दबाब बनाएको वायर्नले पहिलो हाफमा नै चार गोल गर्न सफल भएको थियो । खेलको १०औं मिनेटमा नै हुमेल्सले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए ।

खेलको १७औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि वायर्नले दोब्बर अग्रता बनायो । यसपछि खेलको ४१औं मिनेटमा मार्टिनेज र ४३औं मिनेटमा ग्नाब्रीले गोल गर्दै पहिलो पहिलो हाफसम्म ४–० गोलको अग्रता दिलाए ।

वायर्नले दोस्रो हाफमा एक गोल गर्न सफल भयो । खेलको ८९औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै ५–० गोलको जित दिलाएका हुन् ।

जितपछि वायर्नले २८ खेलबाट ६४ अंक बनाएको छ । पराजित डर्टमन्डको भने समान खेलबाट ६३ अंक छ ।