
काठमाडौं । युभेन्टस लगातार आठौं सिजन इटालियन सिरी ए फुटबलको उपाधि नजिक पुगेको छ । युभेन्टसले एसी मिलानलाई २–१ गोल अन्तरले पराजित गरेसँगै उ उपाधि नजिक पुगेको हो ।
शनिबार राति भएको खेलमा युभेन्टसलाई जिताउन पाउल डिबला र मोइस किनले गोल गरे । एसी मिलानका लागि क्रिजेस्टोफ पियटकले गोल फर्काएका थिए ।
३९ औं मिनेटमा पियटकले गोल गर्दै एसी मिलानलाई १–० गोलको अग्रता दिलाएका थिए । उनकै गोलमा एसी मिलानले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । खेलको ६० औं मिनेटमा डिबलाले पेनाल्टीबाट गोल गर्दै युभेन्टसलाई १(१ गोलको बराबरीमा ल्याएका थिए ।
८४ औं मिनेटमा मोइसले गोल गरेपछि युभेन्टसले २–१ गोलको अग्रता बनाएको थियो । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि युभेन्टसले जित हात पारेको हो ।
यो जितपछि युभेन्टसको ३१ खेलबाट ८४ अंक भएको छ । पराजित एसी मिलानको भने समान खेलबाट ५२ अंक छ ।










