२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारत भ्रमण उपलब्धिमूलक रह्योः परराष्ट्रमन्त्री सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

मड्रिडद्धारा इबर पराजित, करिम बेन्जिमा बने नायक



अ+ अ-

काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा इबरलाई पराजित गरेको छ ।

शनिबार आफ्नै घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले इबरलाई २–१ गोलअन्तरले पराजित गर्न सफल भएको हो । रियलको जितमा करिम बेन्जिमाले दुई गोल गरे । यता, इबरका लागि भने मार्क कार्डोनाले गोल गरेका थिए ।

सुरुवाती अग्रता भने इबरले बनाएको थियो । खेलको ३९औं मिनेटमा नै कार्डोनाले गोल गर्दै इबरलाई अग्रता दिलाएका थिए । उनकै गोलले पहिलो हाफसम्म इबरले रियलमाथि १–० गोलको अग्रता बनाएको थियो ।

५९औं मिनेटमा रियलले गोल फर्काउन सफल भयो । करिम बेन्जिमाले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यस्तै, ८१औं मिनेटमा उनले दोस्रो गोल गर्दै रियलको जित सुनिश्चित गराए ।

जितपछि रियलले ३१ खेलबाट ६० अंक बनाएको छ । लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा रियल १३ अंकले पछि छ । यता पराजित इबरको भने ३१ खेलबाट ३९ अंक छ ।