७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेरी–बबई डाइभर्सनको सुरुङ खन्ने काम सकियो, अब प्रधानमन्त्रीबाट उद्घाटन गराउन मात्रै बाँकी



अ+ अ-

सुर्खेत । भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ खन्ने काम तोकिएको मितिभन्दा एकवर्ष अगाडि नै सकिएको छ।

चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले सिँचाइ विभागसँगको सम्झौता अवधि भन्दा एकवर्ष अगाडि नै सुरुङ निर्माण गरेको हो। सम्झौताअनुसार आउँदो वर्षको (२०७६) चैत १५ गतेसम्ममा सुरुङ निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो।अब सुरुङ खन्ने काम सकिएसँगै अब भेरी नदीको पानीलाई सुर्खेत र बर्दियाको सीमामा रहेको बबई नदीमा खसालेर विद्युत् उत्पादन र सिँचाइमा प्रयोग गर्ने काम थालिनेछ।

आउँदो वैशाख ३ प्रधानमन्त्री केपी ओलीले सुर्खेतको भेरीगंगा नगरपालिकास्थित बाँध निर्माणस्थल चिप्लेमा सुरुङ खन्ने काम सम्पन्न भएको औपचारिक घोषणा गर्नेछन्। आयोजनाको बाँकी काम पनि समयमै सकिने अपेक्षा गरिएको छ। सुरुङ निर्माणको काम सकिएसँगै भेरीमा बाँध बाँध्ने र बबईमा विद्युत् उत्पादनका लागि आवश्यक प्रक्रिया सुरु गरिने आयोजनाले जनाएको छ।

चुरे क्षेत्रको पहाडमा १२ दशमलव २ किलोमिटर लामो सुरुङ खनिएको हो। अघिल्लो वर्ष (२०७४) कात्तिक २० बाट सुरुङ खन्ने काम सुरु गरिएको थियो। सुरुङ तयार भएसँगै अब बाँकी कामले पनि गति लिने आयोजनाका निर्देशक सञ्जिव बरालले बताए।

चिप्लेमा बाँध बनाएर सुरुङमार्फत प्रति सेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य छ। बबईमा खसालिएको पानीबाट ४६ दशमलब आठ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ। यस्तै बबई नदीमा खसालिएको पानीबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यसमेत आयोजनाले लिएको छ।

बबईमा पावर हाउस र भेरी नदीको चिप्लेस्थित बाँध निर्माणको काममा लागि टेण्डरसमेत भइसकेको छ। पहिलो चरणमा सुरुङ निर्माण सम्पन्न भएपछि अब दोस्रो चरणमा विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रशारणमा जोड्ने र तेस्रो चरणमा भेरीको पानीलाई सिँचाइमा प्रयोग गर्ने योजनासहित काम अगाडि बढिरहेको आयोजनाले जानकारी दिएको छ।