३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

हुरीपीडितको घाउमा मल्हम लगाउँदै अनेरास्ववियुका पहाडिया ठिटो

हुरीपीडितको घाउमा मल्हम लगाउँदै अनेरास्ववियुका पहाडिया ठिटो
अ+ अ-

गलेश्वर । यही चैत १७ गते साँझको हावाहुरीबाट सबैभन्दा बढी प्रभावित भएको बाराको फेटा गाउँपालिका–१ भलुहिभर्वोलियमा छ दिनसम्म निरन्तररूपमा उद्धार र राहत कार्यमा खटेर शनिबार अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेल फर्किएका छन् ।

विपत्ति र विनाशविरुद्ध लड्न नै जन्मिएका हुन् कि जस्तो लाग्ने म्याग्दीका युवा पौडेल विसं २०७२ को विनाशकारी महाभूकम्पदेखि देशका विभिन्न जिल्लामा भएका प्राकृतिक प्रकोप र विपत्तिका बेला सम्बन्धित ठाउँमा नै पुगेर उद्धारकार्यमा जुट्ने गरेका छन् ।

स्वयंसेवीका रुपमा स्वतःस्फूर्त विपत्ति परेको ठाउँमा पुग्ने २५ वर्षीय पौडेल आफ्नो व्यक्तिगत सुखसयललाई समेत छाडेर अरुको पीडामा मल्हम लगाउने कार्यमा निरन्तर जुटिरहेका छन् । भूकम्प गएको पर्सिपल्ट गोरखाको आरुघाट पुगेर उद्धार र राहत वितरणमा जुट्नुभएका पौडेल त्यसपछि निरन्तररुपमा ३० भन्दा बढी ठाउँमा पुगेर स्वयंसेवी कार्य गर्दै आएका छन्।

पछिल्लो समय हावाहुरीबाट आक्रान्त भएको भलुहिभर्वोलियमा पौडेलको नेतृत्वमा १५ विद्यार्थी सम्मिलित एक समूहले छ दिनसम्म लगातार पीडितको उद्धार, राहत र अन्य व्यस्थापकीय काम गरेर फर्किएको छ ।

“पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ
आँधी आए तराईमा पहाडले छेक्नुपर्छ ।
हैन भने देशभक्ति छैन हाम्रो छातीभित्र
माटोलाई चोट लाग्दा मुटुहरु दुख्नुपर्छ ।”

गीतकार दिनेश अधिकारीको शब्द र गायक स्वरुपराज आचार्यको स्वरमा रहेको यो गीतले भने जस्तै तराईमा आएको हावाहुरीबाट प्रताडित भएका पीडितहरुको उद्धार र राहतका लागि पहाडबाट गएका एक युवाको नेतृत्वमा प्रशस्तै मानवीय, व्यवस्थापकीय र आर्थिक सहयोगका काम भएका फेटा–१ वडाध्यक्ष जयप्रकाश दासले बताए ।

हावाहुरी प्रभावित बालबालिकालाई राहत सामग्री बाँड्नुका साथै थोरै मात्रामा भए पनि प्रभावित क्षेत्रका बालबालिकामा परेको त्रास कम गर्न र उनीहरुलाई पुरानै अवस्थामा फर्काउन शैक्षिकलगायत खेलकूद सामग्री वितरण गरेको पौडेलले जानकारी दिनुभयो । पीडितका लागि शौचालय, टेन्ट निर्माण गर्नुका साथै खाली खुट्टा भएका बालबालिकालाई चप्पल र नाङ्गो आङ भएकालाई आफूले सक्दो पैसा खर्च गरेरै भए पनि कपडा किनिदिएको उनले बताए ।

पौडेलले म्याग्दीमा जुटाएको करीब रु १ लाखको राहत सामग्रीसमेत वितरण गरेका छन् । छ दिनसम्म श्रमदान गरेर शौचालय र टहरा निर्माण गरिदिएपछि पौडेलको टोली शनिबार फेटाबाट फर्किएको हो । नेपाली सेनासँग सहकार्य गरेर पौडेल नेतृत्वको टोलीले फोहर व्यवस्थापन, महामारी फैलिन नदिने उपायलगायतका अन्य धेरै जनचेतनामूलक काम पनि गरेको थियो ।