
काठमाडौं । आइतबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जना गम्भिर घाइते भएका छन् भने अन्य केही सामान्य घाइते भएका छन् ।
बुटवलबाट महेन्द्रनगरका लागि छुटेको लु १ ख ८६३० नम्बर को बस लमही नगरपालिका वडा नम्बर ३ मा दुर्घटना भएको हो । प्रहरीका अनुसार बसको पट्टा भाच्चिँदा बस राजमार्गबाट तल खसेको हो ।
दुर्घटना परी घाइते भएका हरुको लमही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










