२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा समेत झुटो बोल्नुभयोः ज्ञानबहादुर शाही गृह मन्त्रालयलाई थप स्रोत चाहियो, बजेट वृद्धि गर्न गृहमन्त्री गुरुङको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थगित भएको मातृभूमि कप अर्को शनिबार



अ+ अ-

काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनद्वारा चितवनको भरतपुरमा निर्माणाधीन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को सहयोगार्थ आयोजना गर्न लागिएको ‘मातृभूमि कप’ चैत ३० गतेलाई सरेको छ ।

चैत २३ गते शनिबार हुने भनिएको खेल खराब मौसमका कारण स्थगित भएको थियो । उक्त खेलको लागि खेलाडी र टिमको समेत घोषणा भइसकेको छ ।

पारस खड्काको कप्तानीमा ‘राष्ट्रिय टिम ए’ र ज्ञानेन्द्र मल्लको कप्तानीमा ‘राष्ट्रिय टिम बी’ बीच २० ओभरको खेल हुनेछ । यता कलाकारहरुको तर्फबाट मदनकृष्ण श्रेष्ठको कप्तानीमा ‘कलाकार ए’ र हरिवंश आचार्यको कप्तानीमा ‘कलाकार बी’ बीच १० ओभरको खेल हुनेछ ।

कलाकारहरुलाई राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक जगत टमाटा र कलाकार सुनिल थापाले प्रशिक्षण दिएका छन् ।

मंगलबारदेखखि पुनः कलाकारहरुको अभ्यासमा उत्रिने छन् ।

‘खेलाडीहरुको खेलका लागी पुरा तयारी सकिएको छ’ फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले बताए ।’

रङ्गशाला निर्माणको सहयोगार्थ प्रतियोगीता गर्न लागिए पनि यसबाट संकलित रकमको १५ प्रतिशत आँधी प्रभावितहरुका लागि खर्च गरिने फाउण्डेशनले जानकारी दिएको छ ।

टिकट इसेवा मार्फत अनलाईन खरिद गर्न सकिनेछ भने खेलमैदानमा समेत टिकट उपलब्ध हुनेछ । खेल शनिबार १० बजेदेखी सुरु हुनेछ ।