७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थगित भएको मातृभूमि कप अर्को शनिबार



अ+ अ-

काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनद्वारा चितवनको भरतपुरमा निर्माणाधीन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को सहयोगार्थ आयोजना गर्न लागिएको ‘मातृभूमि कप’ चैत ३० गतेलाई सरेको छ ।

चैत २३ गते शनिबार हुने भनिएको खेल खराब मौसमका कारण स्थगित भएको थियो । उक्त खेलको लागि खेलाडी र टिमको समेत घोषणा भइसकेको छ ।

पारस खड्काको कप्तानीमा ‘राष्ट्रिय टिम ए’ र ज्ञानेन्द्र मल्लको कप्तानीमा ‘राष्ट्रिय टिम बी’ बीच २० ओभरको खेल हुनेछ । यता कलाकारहरुको तर्फबाट मदनकृष्ण श्रेष्ठको कप्तानीमा ‘कलाकार ए’ र हरिवंश आचार्यको कप्तानीमा ‘कलाकार बी’ बीच १० ओभरको खेल हुनेछ ।

कलाकारहरुलाई राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक जगत टमाटा र कलाकार सुनिल थापाले प्रशिक्षण दिएका छन् ।

मंगलबारदेखखि पुनः कलाकारहरुको अभ्यासमा उत्रिने छन् ।

‘खेलाडीहरुको खेलका लागी पुरा तयारी सकिएको छ’ फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले बताए ।’

रङ्गशाला निर्माणको सहयोगार्थ प्रतियोगीता गर्न लागिए पनि यसबाट संकलित रकमको १५ प्रतिशत आँधी प्रभावितहरुका लागि खर्च गरिने फाउण्डेशनले जानकारी दिएको छ ।

टिकट इसेवा मार्फत अनलाईन खरिद गर्न सकिनेछ भने खेलमैदानमा समेत टिकट उपलब्ध हुनेछ । खेल शनिबार १० बजेदेखी सुरु हुनेछ ।