७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलमा पुल भत्कियो, गभर्नरद्धारा संकटकालको घोषणा



अ+ अ-

काठमाडौं । ब्राजिलको उत्तरी क्षेत्रको पारामा एउटा डुङ्गा मोजु खोलाको पुलमा ठोक्किँदा पुल भत्किएको छ । डुङ्गा पुलमा ठोक्किएपछि पुलको २ सय मिटर भाग बगेको छ ।

प्रत्यक्षदर्शीका अनुसार, डुङ्गाले पुलको एउटा खम्बा भत्काएपछि दुईवटा कार खोलामा खसेको थियो ।

दुर्घटनाग्रस्त पुल ब्राजिलको अमेजन क्षेत्रमा रहेको सबैभन्दा व्यस्त बन्दरगाह, बेलममा रहेको छ । अधिकारीहरु नदी सफा गर्न जुटेका छन् र नजिकको अन्य पुलको खम्बामा चेतावनी संकेत दिँदै अन्य मार्ग भएर जान आग्रह गरेका छन् ।

डुङ्गा दुर्घटनामा कति जना घाइते भएको भन्ने बारे स्पष्ट भइसकेको छैन । उद्धारकर्ताहरु खोजतलासीमा जुटेका छन् । जहाजमा सवार ५ चालक सदस्य भने बाँच्न सफल भएको बताइएको छ ।

पाराका गभर्नर हेल्डर बारबाल्होले दुर्घटनापछि संकटकालको घोषणा गरेका छन् । ‘पीडितको खोजी र उनीहरुका परिवारलाई सहयोग गर्नु हाम्रो प्राथमिकता हुनेछ,‘ उनले भने ।

सन् २०१४ मा पनि एउटा जहाज मोजु खोलको नजिक दोस्रो पुलको खम्बामा ठोक्किँदा जहाज ५० मिटर गहिरो पानीमा डुबेको थियो ।