९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध

ब्राजिलमा पुल भत्कियो, गभर्नरद्धारा संकटकालको घोषणा

ब्राजिलमा पुल भत्कियो, गभर्नरद्धारा संकटकालको घोषणा
अ अ+ अ-

काठमाडौं । ब्राजिलको उत्तरी क्षेत्रको पारामा एउटा डुङ्गा मोजु खोलाको पुलमा ठोक्किँदा पुल भत्किएको छ । डुङ्गा पुलमा ठोक्किएपछि पुलको २ सय मिटर भाग बगेको छ ।

प्रत्यक्षदर्शीका अनुसार, डुङ्गाले पुलको एउटा खम्बा भत्काएपछि दुईवटा कार खोलामा खसेको थियो ।

दुर्घटनाग्रस्त पुल ब्राजिलको अमेजन क्षेत्रमा रहेको सबैभन्दा व्यस्त बन्दरगाह, बेलममा रहेको छ । अधिकारीहरु नदी सफा गर्न जुटेका छन् र नजिकको अन्य पुलको खम्बामा चेतावनी संकेत दिँदै अन्य मार्ग भएर जान आग्रह गरेका छन् ।

डुङ्गा दुर्घटनामा कति जना घाइते भएको भन्ने बारे स्पष्ट भइसकेको छैन । उद्धारकर्ताहरु खोजतलासीमा जुटेका छन् । जहाजमा सवार ५ चालक सदस्य भने बाँच्न सफल भएको बताइएको छ ।

पाराका गभर्नर हेल्डर बारबाल्होले दुर्घटनापछि संकटकालको घोषणा गरेका छन् । ‘पीडितको खोजी र उनीहरुका परिवारलाई सहयोग गर्नु हाम्रो प्राथमिकता हुनेछ,‘ उनले भने ।

सन् २०१४ मा पनि एउटा जहाज मोजु खोलको नजिक दोस्रो पुलको खम्बामा ठोक्किँदा जहाज ५० मिटर गहिरो पानीमा डुबेको थियो ।