७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका गोलीकाण्ड : एक जनाको मृत्यु, पाँच जना घाइते



अ+ अ-

वासिङ्टन । अमेरिकाको फिलाडेल्फिया सहरमा भएका गोलीकाण्डमा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार बिहान गोली लागेर ३५ वर्षीय एक व्यक्ति घाइते भएका थिए । त्यसपछि दिनभर शहरमा भएका शृङ्खलाबद्ध गोलीकाण्डमा गोली लागेर एक जनाको मृत्यु र अरु चार जना घाइते भएका थिए । अपराह्न २६ वर्षीय एक व्यक्ति मारिनुका साथै उनका १७ वर्षीय भतिज गोली लागेर घाइते भएका छन् ।

उक्त घटनामा कम्तीमा दुई बन्दुकधारी संलग्न रहेको प्रहरीले जनाएको छ । अर्को एक गोलीकाण्डमा एक जना २५ वर्षीय व्यक्तिमाथि गोली हानिएको र गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ ।
यस्तै २७ वर्षीय अर्का व्यक्तिमाथि पनि अपरिचित व्यक्तिले गोली हानेका र गम्भीर अवस्थामा रहेका उनको अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार राति ९ बजे छैटौं व्यक्तिमाथि १० पटक गोली हानिएको प्रहरीले जनाएको छ । उनको हात, पाखुरा र खुट्टामा गोली लागेको छ ।

यस वर्षका तीन महिनाभित्रै फिलाडेल्फियामा ८० जनाभन्दा बढीको हत्या भइसकेको छ । गत वर्षको यही अवधिको तुलनामा यो करिब ११ प्रतिशत बढी हो ।