२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश ५ का सांसदहरुले हावाहुरी प्रभावितलाई एक दिनको पारिश्रमिक प्रदान गर्ने



अ+ अ-

बुटवल । प्रदेश ५ का प्रदेशसभा सदस्यहरुले प्रदेश बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।

प्रदेश सभाको आइतबार बसेको बैठकले प्रदेश २ को बारा र पर्सामा केही दिन आएको भीषण हावाहुरीबाट प्रभावित नागरिकलाई राहतका लागि प्रदेश सभा सदस्यहरुले एक दिनको पारिश्रमिक बरारबको रकम प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रदेश ५ मा ८७ जना प्रदेश सभा सदस्य छन् ।

प्रदेश सभा सदस्यको मासिक पारिश्रमिक ४५ हजार रुपैयाँ रहेको छ ।

यसअघि प्रदेश ५ सरकारले बारा र पर्साका आँधी प्रभावितलाई एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो ।