
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले वेष्ट बैंकमा रहेको यदुही वस्तीलाई चुनावी मुद्दा बनाएर प्रतिस्पर्धामा उत्रने तयारी गरेका छन् ।
प्रधानमन्त्री नेतान्याहुको प्रतिस्पर्धीका रुपमा सो वस्तीको पक्षमा वकालत गर्ने दक्षिण पन्थी दलका उम्मेदवार खडा हुने भएका छन् ।
पर्सि हुने चुनावका लागि उम्मेदवारी दिने तयारीमा रहेका प्रधानमन्त्री नेतान्याहुले आफू पुनः निर्वाचित भए सो वस्ती हटाउने बताउनु भएको बीबीसीले उल्लेख गरेको छ ।
चुनाव हुनु तीन दिनअघि इजरेली प्रधानमन्त्री नेतान्याहुको यस्तो भनाई सार्वजनिक भएको हो । सो वस्तीलाई लिएर इजरायलमा लामो समयदेखि विवाद चुलिंदै आएको छ ।
सिरियाको अधिनमा रहेको गोलान हाइटको सो क्षेत्र गत महिना मात्र अमेरिकाले इजरायलको क्षेत्रका रुपमा मान्यता दिएको थियो । इजरायलले सो क्षेत्रमा ४ लाख बढी यहुदीको वस्ती बसाएको छ । सोही क्षेत्रमा करीब २५ लाख प्यालेष्टेनी पनि बस्दै आएका छन् । प्यालेष्टेनीहरु सो क्षेत्रमा आफ्नै राज्य स्थापना गर्न चाहन्छन् ।










