डोटी । ६ दिनअघि सेती नदीमा डुङ्गा तर्ने क्रममा बगेर बेपत्ता भएका रुकुमका प्राविधिक दीपेन्द्र ओलीको शव फेला परेको छ ।
आइतबार सशस्त्र प्रहरीको बैजनाथ बाहिनी ७ नम्बरको विपद् व्यवस्थापन टोलीले ओलीको शव अछाम र डोटीको सीमा क्षेत्र लोडेघाटमा फेला परेको हो ।
ओली सेती हाईड्रो पावरमा कार्यरत थिए ।