७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबारमा एनआइसी एसिया बैंक पहिलो नम्बरमा



अ+ अ-

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । साताको पहिलो दिन आइतबार १७ अंक बढीले बजारमा उकालो लागेको हो ।

नेप्से परिसूचक १७ दशमलव १६ अंकले बढेर १ हजार १ सय ८२ दशमलव ३६ अंकमा पुगेको छ । आइतबार परिसूचकसँगै कारोबार रकम पनि उच्च देखिएको छ ।

दिनभर भएका ७ हजार ४ सय ४४ कारोबारबाट १६८ कम्पनीका १८ लाख ५४ हजार ८९ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ५३ करोड १७ लाख २५ हजार ६ सय ६३ रुपैयाँ पुगेको छ ।

नेप्से परिसूचक १७ अंकले बढे पनि सबै समूह भने बढेका छैनन् । बैंकिङ समूह सबै भन्दा धेरै २८।१९ अंकले बढ्दा निर्जीवन बीमा समूह सबैभन्दा धेरै १९।२१ अंकले ओरालो लागेको छ ।

बैंकिङ, होटल, विकास बैंक, फाइनान्स र जीवन बीमा समूह उकालो लागेका छन् भने जलविद्युत्, निर्जीवन बीमा उत्पादनमूलक र लघुवित्त समूहहरु ओरालो लागेका छन् ।

कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक पहिलो नम्बरमा देखिएको छ । एनआइसी एसियाकोमात्रै आइतबार ६ करोड ६४ लाख७२ रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ । ३ करोड रुपैयाँ बढीको कारोबार गर्दै एनएमबि बैंक दोस्रो स्थानमा देखिएको छ ।