३१ जेष्ठ २०८३, आईतवार
,
Latest
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुरीबाट ज्यान गुमाएकाहरुको १३औँ पुण्य तिथिमा प्रादेशिक शोक मनाउने



अ+ अ-

जनकपुर । प्रदेश नम्बर २ सरकारले बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाएकाहरुको १३ औँ पुण्य तिथिमा प्रादेशिक शोक मनाउने घोषणा गरेको छ ।

आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद बैठकले १३ औँ पुण्यतिथिको दिन (३० गते) प्रादेशिक शोक मनाउने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।

बैठकले १३ औँ पुण्य तिथिका दिन आमनागरिक, कर्मचारी, विद्यार्थी, शिक्षक लगायतले विहान ११ बजे २ मिनेट मृतकको आत्माको चिरशान्तिको कामना गर्दै मौन धारण गर्न समेत आह्वान गरेको छ ।

बैठकले प्रत्येक मृतक परिवारलाई किरिया खर्चवापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय समेत भएको मन्त्री सोनलले जानकारी दिए ।