
काठमाडौं । लगातार २ खेल हारेर अालाेचना खेपिरहेकाे दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अभागी रोयल च्यालेन्जर्स बेंग्लोरलाई चार विकेटले पराजित गरेको छ ।
राेयल च्यालेन्जर्सकाे घरेलु मैदान बेंगलुरुमा भएको खेलमा दिल्ली विजयी भएकाे हाे । भारतीय क्रिकेट टिमका प्रतिभावान कप्तान विराट काेहलीकाे टिम बेंग्लोरले भने लगातार छैटौं हार ब्यहोरेको छ ।
१५० रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दिल्लीले १८.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । दिल्लीका लागि कप्तान श्रेयस ऐरले अर्धशतकीय पारी खेले । उनले ६७ रन बनाए । उनले ५० बलमा ८ चौका र दुई छक्का प्रहार गरेका थिए ।

त्यस्तै, दिल्लीका लागि पृथ्वी शाले २८ रन र कोलिन इन्ग्रामले २२ रन बनाएका थिए । यसअघि दिल्लीका शिखर धवन शून्य रनमा आउट भएका थिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको बेंग्लोरले निर्धातिर २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।
बलिङतर्फ दिल्लीका कागिसाे रबाडाले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । उनले २१ रन खर्चिएका थिए । त्यस्तै, क्रिस मोरिसले दुई तथा नेपाली बलर सन्दीप लामिछानेले ४ अाेभरमा ४६ रन खर्चेर एक विकेट लिए । उनले ३ छक्का र १ चाैका प्रहार गरी १८ बलमै ३२ रन बनाएका माेइन अलिलाइ अाउट गरेका थिए ।
जितपछि दिल्ली लिगको पाँचौ स्थानमा उक्लिएको छ । पछिल्लाे अंक तालिका ।
| क्र.सं. | टिमकाे नाम | खेल संख्या | अंक |
| १. | चेन्नाइ सुपरकिङ्गस | ५ | ८ |
| २. | सनराइजर्स हैदरावाद | ५ | ६ |
| ३. | काेलकाेता नाइट राइडर्स | ४ | ६ |
| ४. | मुम्बइ इन्डियन्स | ५ | ६ |
| ५. | दिल्ली क्यापिटल्स | ६ | ६ |
| ६. | किङ्स इलाभेन पन्जाब | ५ | ६ |
| ७. | राजस्थान राेयल्स | ४ | २ |
| ८. | राेयल च्यालेन्जर्स बैंगलाेर | ६ | ० |










