७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपकाे १ विकेट, दिल्लीसँग पराजित भयाे अभागी बैंगलाेर



अ+ अ-

काठमाडौं । लगातार २ खेल हारेर अालाेचना खेपिरहेकाे दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अभागी रोयल च्यालेन्जर्स बेंग्लोरलाई चार विकेटले पराजित गरेको छ ।

राेयल च्यालेन्जर्सकाे घरेलु मैदान बेंगलुरुमा भएको खेलमा दिल्ली विजयी भएकाे हाे । भारतीय क्रिकेट टिमका प्रतिभावान कप्तान विराट काेहलीकाे टिम बेंग्लोरले भने लगातार छैटौं हार ब्यहोरेको छ ।

१५० रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दिल्लीले १८.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । दिल्लीका लागि कप्तान श्रेयस ऐरले अर्धशतकीय पारी खेले । उनले ६७ रन बनाए । उनले ५० बलमा ८ चौका र दुई छक्का प्रहार गरेका थिए ।

त्यस्तै, दिल्लीका लागि पृथ्वी शाले २८ रन र कोलिन इन्ग्रामले २२ रन बनाएका थिए । यसअघि दिल्लीका शिखर धवन शून्य रनमा आउट भएका थिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको बेंग्लोरले निर्धातिर २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।

बलिङतर्फ दिल्लीका कागिसाे रबाडाले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । उनले २१ रन खर्चिएका थिए । त्यस्तै, क्रिस मोरिसले दुई तथा नेपाली बलर सन्दीप लामिछानेले ४ अाेभरमा ४६ रन खर्चेर एक विकेट लिए । उनले ३ छक्का र १ चाैका प्रहार गरी १८ बलमै ३२ रन बनाएका माेइन अलिलाइ अाउट गरेका थिए ।

जितपछि दिल्ली लिगको पाँचौ स्थानमा उक्लिएको छ । पछिल्लाे अंक तालिका ।

क्र.सं.
टिमकाे नामखेल संख्याअंक
१.चेन्नाइ सुपरकिङ्गस
२.सनराइजर्स हैदरावाद
३.काेलकाेता नाइट राइडर्स
४.मुम्बइ इन्डियन्स
५.
दिल्ली क्यापिटल्स
६.
किङ्स इलाभेन पन्जाब
७.राजस्थान राेयल्स
८.
राेयल च्यालेन्जर्स बैंगलाेर