
काठमाडाैंः भारतमा जारी इन्डियन्स प्रिमियर लिगकाे अाइतबार राति खेलिएकाे दाेस्राे खेलमा काेलकाेता नाइट राइडर्सले राजस्थान राेयल्सलाइ ८ विकेटले पराजित गरेकाे छ ।
टस जितेर पहिले क्षेत्ररक्षण राेजेकाे काेलकाेताले राजस्थानलाइ २० अाेभरमा तीन विकेट मात्र गुमाएर १३९ रनमै सीमित गरेकाे थियाे । राजस्थानका तर्फबाट स्टिभ स्मिथले नटअाउट ७३ रन र जस बटलरले ३७ रन बनाएका थिए ।
निकै सुस्त पिचमा राजस्थानले साेचेजति रन बनाउन सकेकाे थिएन । तर १४० रनकाे झिनाे चुनाैती पाएकाे काेलकाताले भने १३.५ अाेभरमा २ विकेट गुमाएर पूरा गरेकाे थियाे ।
काेलकाताका लागि अाेपनिङ ब्याट्सम्यान क्रिस लिनले ५० र सुनिल नारानले ४७ रन बनाएर जितकाे अाधार तयार पारेका थिए । बाँकी काम राेबिन उथप्पा र शुभमन गिलले पूरा गरे ।
याे जितसँगै काेलकाता लिगकाे चाैथाे स्थानमा कायम छ ।










