१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अाइपिएलः काेलकाेता विजयी, राजस्थान पराजित



अ+ अ-

काठमाडाैंः भारतमा जारी इन्डियन्स प्रिमियर लिगकाे अाइतबार राति खेलिएकाे दाेस्राे खेलमा काेलकाेता नाइट राइडर्सले राजस्थान राेयल्सलाइ ८ विकेटले पराजित गरेकाे छ ।

टस जितेर पहिले क्षेत्ररक्षण राेजेकाे काेलकाेताले राजस्थानलाइ २० अाेभरमा तीन विकेट मात्र गुमाएर १३९ रनमै सीमित गरेकाे थियाे । राजस्थानका तर्फबाट स्टिभ स्मिथले नटअाउट ७३ रन र जस बटलरले ३७ रन बनाएका थिए ।

निकै सुस्त पिचमा राजस्थानले साेचेजति रन बनाउन सकेकाे थिएन । तर १४० रनकाे झिनाे चुनाैती पाएकाे काेलकाताले भने १३.५ अाेभरमा २ विकेट गुमाएर पूरा गरेकाे थियाे ।

काेलकाताका लागि अाेपनिङ ब्याट्सम्यान क्रिस लिनले ५० र सुनिल नारानले ४७ रन बनाएर जितकाे अाधार तयार पारेका थिए । बाँकी काम राेबिन उथप्पा र शुभमन गिलले पूरा गरे ।

याे जितसँगै काेलकाता लिगकाे चाैथाे स्थानमा कायम छ ।