३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरी पीडितलाई नेवि संघद्धारा राहत वितरण



अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघका नेताहरुले गत आइतबार बारा र पर्सा जिल्लामा आएकोे विनाशकारी हावाहुरीबाट प्रभावित जनसमुदायलाई राहत सामाग्री वितरण गरेको छ ।

हावाहुरीबाट घरबार बिहीन भएका पीडित परिवारलाई डस्ना, ब्ल्याङकेट र खाद्य सामाग्रिहरु वितरण गरिनुका साथै विद्यार्थी तथा शिक्षकहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
गत आईतबार साँझ आएको बिनासकारी हावाहुरीबाट प्रभाबित बारा र पर्साका पीडित परिवारलाई जीबनयापनमा सहज होस भन्ने उद्धेश्यले नेवि संघले विभिन्न राहात सामाग्रीहरु उपलब्ध गराएकोे त्रिचन्द्र क्याम्पसका सिनियर लिडर बसन्त राज भाटले बताए ।

यस्तै नेबि संघका नेता तृर्थ गौतम र उदयकान्त यादवको नेतृत्वमा राहत वितरणका गरिएको थियो । राहत वितरणमा नेवि संघका पुर्व केन्द्रीय सदस्यद्वय नेता गंगा कार्की र राम सुन्दास, त्रिचन्द्र क्याम्पसका सिनियर लिडर बसन्त राज भाट, सिन्धुली नेवि संघका नेता भिम बानिया, बारा नेवि संघका बद्री तिवारी र रिता रिजाल र अन्य वारा नेवि संघका नेता तथा कार्यकर्ताहरू रहेका छन् ।




भर्खरै