६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरी पीडितलाई नेवि संघद्धारा राहत वितरण



अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघका नेताहरुले गत आइतबार बारा र पर्सा जिल्लामा आएकोे विनाशकारी हावाहुरीबाट प्रभावित जनसमुदायलाई राहत सामाग्री वितरण गरेको छ ।

हावाहुरीबाट घरबार बिहीन भएका पीडित परिवारलाई डस्ना, ब्ल्याङकेट र खाद्य सामाग्रिहरु वितरण गरिनुका साथै विद्यार्थी तथा शिक्षकहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
गत आईतबार साँझ आएको बिनासकारी हावाहुरीबाट प्रभाबित बारा र पर्साका पीडित परिवारलाई जीबनयापनमा सहज होस भन्ने उद्धेश्यले नेवि संघले विभिन्न राहात सामाग्रीहरु उपलब्ध गराएकोे त्रिचन्द्र क्याम्पसका सिनियर लिडर बसन्त राज भाटले बताए ।

यस्तै नेबि संघका नेता तृर्थ गौतम र उदयकान्त यादवको नेतृत्वमा राहत वितरणका गरिएको थियो । राहत वितरणमा नेवि संघका पुर्व केन्द्रीय सदस्यद्वय नेता गंगा कार्की र राम सुन्दास, त्रिचन्द्र क्याम्पसका सिनियर लिडर बसन्त राज भाट, सिन्धुली नेवि संघका नेता भिम बानिया, बारा नेवि संघका बद्री तिवारी र रिता रिजाल र अन्य वारा नेवि संघका नेता तथा कार्यकर्ताहरू रहेका छन् ।