९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

पुनःनिर्माणलाई प्रभावकारी बनाउन आग्रह

पुनःनिर्माणलाई प्रभावकारी बनाउन आग्रह
अ अ+ अ-

पर्वत । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूकम्पपछिको पुनःनिर्माणकार्यलार्ई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समिति पर्वतको आइतबार सम्पन्न दोस्रो बैठकमा अध्यक्ष तिमिल्सिनाले पर्वत जिल्लामा पूर्ण क्षतिमा रहेका पाँच हजार २६९ को आवास निर्माणलाई पहिलो प्राथमिकतमा राख्न सरोकारवालालाई आग्रह गर्नुभयो । उहाँले पहिले निजी आवासलाई मापदण्डअनुसार निर्माण गर्न ताकेता गर्न र त्यसपछि सार्वजनिक भवन, विद्यालय, स्वास्थ्यचौकीलगायतका संरचना निर्माणलाई ध्यान दिनुपर्ने बताउनु भयो।

भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा पनि कतिपय पीडित अझै आवासविहीन बन्नुपरेको बताउनुहुँदै तिमिल्सिनाले पुनःनिर्माणलाई अब द्रूतगतिमा लैजान सुझाव दिनुभयो । कुनै पनि बहानामा निर्माणको काममा ढिलाइ नगर्न तिमिल्सिनाले निर्देशन दिँदै अनुदान लिने प्रक्रियामा झन्झट, प्राविधिक अभाव र जनशक्तिको अभाव देखाउनुभन्दा कसरी समाधान गर्न सकिन्छ भन्नेतर्फ जनप्रतिनिधि लाग्न जरुरी रहेको बताउनुभयो ।

अहिले मुलुकमा काम गर्नका लागि कुनै पनि समस्या नरहेको बताउँदै झिना–मसिना समस्यालाई देखाएर कुनै पनि क्षेत्रमा ढिलासुस्ती गर्न नपाइने बताउनुभयो । उहाँले प्राविधिकको समस्या पनि समाधान भइसकेकाले अब लाभग्राहीलाई रोकिएको किस्ता भुक्तानी दिन, नयाँ गुनासाको तल्काल सम्बोधन गर्न र छुटफुट भएकालाई पनि पुनः समावेश हुनेगरी काम गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले तीनै तहका सरकारले पुनःनिर्माणलाई तीव्रता दिनुपर्ने बताउनुभयो । पूर्वाधार निर्माणका लागि अब कुनै पनि समस्या र जटिलता नरहेको बताउँदै निर्धारित विकास निर्माणका योजनालार्ई समयमै सम्पन्न गर्न सबैको सहयोग आवश्यक हुने बताउनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठले निजी आवास पुनःनिर्माणका लागि सरकारले तोकेको समय सकिनै लागेकाले यसलाई तत्काल सम्पन्न गराउन जनप्रतिनिधिको ठूलो सहयोग रहेको बताउनुभयो । उहाँले प्राविधिक खटिनुभन्दा अघि नै निर्माण भएका लाभग्राहीलाई सामान्य सुझावसहित ? तीन लाख अब तत्काल वितरण गरिने पनि जानकारी दिनुभयो ।

उहाँले गुनासाहरुको सम्बोधन गर्न पर्वतमा सङ्कलन भएका गुनासा तत्काल राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पठाउने र थप गुनासा सङ्कलन गर्ने, पहिलो किस्ता लिएकालाई दोस्रो किस्ता र दोस्रो किस्ता लिएकालाई तेस्रो किस्ता लिन ताकेता गर्ने काम भइरहेको छ ।