७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एफए कप : उपाधिका लागि सिटी र वाटफोर्डबीच प्रतिस्पर्धा हुने



अ+ अ-

काठमाडौं । एफए कप फुटबलको उपाधिका लागि म्यानचेस्टर सिटी र वाटफोर्डबीच प्रतिस्पर्धा हुने भएको छ ।

आइतबार राति भएको सेमिफाइनलमा वुल्भ्सलाई ३–२ गोल अन्तरले पराजित गर्दै वाटफोर्डले उपाधिका लागि म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने भएको हो । वाटफोर्डका लागि जेर्राड डेउलोफेउले दुई र ट्रोए डेनीले एक गोल गरे । यता, वुल्भ्सका म्याट डोहेर्टी र राहुल जेमिनेजले गोल फर्काएका थिए ।

निर्धारित समयसम्म दुबै टिमले २–२ गोलको बराबरी खेलेपछि अतिरिक्त समय थप गरिएको थियो । खेलको १०४ औं मिनेटमा डेउलोफेउले गोल गर्दै वाटफोर्डलाई फाइनलमा पुर्‍याए ।

यसअघि ३६ औं मिनेटमा डोहेर्टीले गोल गर्दै वुल्भ्सलाई १–० गोलको अग्रता दिलाएका थिए । पहिलो हाफमा १(० गोलले अघि रहेको वुल्भ्सले दोस्रो हाफमा एक गोल थप गरेको थियो । ६२ औं मिनेटमा जेमिनेजले गोल गर्दै वुल्भ्सलाई २(० गोलको अग्रता दिलाए । तर यसपछि भने वाटफोर्डले उत्कृष्ट पनरागमन गर्‍यो ।

७९ औं मिनेटमा डेउलोफेउले गोल गर्दै वाटफोर्डलाई २–१ गोलमा ल्याएका थिए । खेलको अतरिक्त समयमा डेनीले पेनाल्टीबाट गोल गरेपछि २२ गोलको बराबरी भएको थियो ।

म्यान्चेस्टर सिटीले यसअघि नै ब्राइटनलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।