२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग : एभरटनद्धारा आर्सनल पराजित



अ+ अ-

काठमाडौं । एभरटनले आर्सनललाई १–० ले पराजित गर्दै इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित हात पारेको छ । आईतवार भएको खेलमा एभरटनको जितमा गुडिसन पार्कमा रक्षक जागिइल्काले १० औं मिनेटमा गोल गरेका थिए ।

लुकास डिग्नेको लामो थ्रोमा डोमिनिक कलभर्ट लेविनको हेडमा जागिइल्काले गोल गरेका थिए ।

आर्सनलले पहिलो हाफमा निकै कमजोर खेलेको थियो र दोस्रो हाफमा पनि टोलीले एभरटनका गोलरक्षक जोर्डन पिकफोर्डको खासै परीक्षा लिन सकेन ।

एभरटन जितपछि वाटफोर्डलाई पछि पार्दै नवौं स्थानमा उक्लिएको छ । आर्सनल चौथो स्थानमा यथावत् छ ।

६ खेल खेल्न बाँकी रहेको अवस्थामा टोटेनहम ६४, आर्सनल र चेल्सी ६३ तथा म्यानचेस्टर युनाइटेड ६१ अंकसाथ क्रमशः तेस्रोदेखि छैटौं स्थानमा छ । प्रिमियर लिगको शीर्ष चार टोली च्याम्पियन्स लिगमा छानिने प्रावधान छ ।