७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग : एभरटनद्धारा आर्सनल पराजित



अ+ अ-

काठमाडौं । एभरटनले आर्सनललाई १–० ले पराजित गर्दै इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित हात पारेको छ । आईतवार भएको खेलमा एभरटनको जितमा गुडिसन पार्कमा रक्षक जागिइल्काले १० औं मिनेटमा गोल गरेका थिए ।

लुकास डिग्नेको लामो थ्रोमा डोमिनिक कलभर्ट लेविनको हेडमा जागिइल्काले गोल गरेका थिए ।

आर्सनलले पहिलो हाफमा निकै कमजोर खेलेको थियो र दोस्रो हाफमा पनि टोलीले एभरटनका गोलरक्षक जोर्डन पिकफोर्डको खासै परीक्षा लिन सकेन ।

एभरटन जितपछि वाटफोर्डलाई पछि पार्दै नवौं स्थानमा उक्लिएको छ । आर्सनल चौथो स्थानमा यथावत् छ ।

६ खेल खेल्न बाँकी रहेको अवस्थामा टोटेनहम ६४, आर्सनल र चेल्सी ६३ तथा म्यानचेस्टर युनाइटेड ६१ अंकसाथ क्रमशः तेस्रोदेखि छैटौं स्थानमा छ । प्रिमियर लिगको शीर्ष चार टोली च्याम्पियन्स लिगमा छानिने प्रावधान छ ।