६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्तीजन्य पदार्थ बोक्न र प्रयोग गर्न निषेध



अ+ अ-

विराटनगर । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले मन्त्रालय र मातहतका कार्यालयका सेवाग्राही र कर्मचारीलाई कार्यालय परिसरमा सुर्तीजन्य पदार्थ बोक्न र प्रयोग गर्न निषेध गरेको छ ।

मन्त्रालयलद्वारा आइतबार आयोजित कार्यक्रममा समाजिक विकासमन्त्री जीवन घिमिरेले चुरोट, बिँडी, सिगार, तमाखु, हुक्का, सुल्फा, कच्चा सुर्ती, खैनी, गुट्खालगायतका सुर्तीजन्य पदार्थ सेवन गर्न र बोक्न निषेध गरिएको बताए ।

मन्त्रालय प्राङ्गणको मूलढोकामा सुरक्षागार्डले मन्त्रालय आउने सेवाग्राही र कर्मचारीको सुर्तीजन्य पदार्थ जाँच गरी सुर्ती फाल्न गेटमा डस्टबिनको व्यवस्था गरिएको छ ।

मन्त्रालायले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ को प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले आइतबारदेखि यसको प्रभावकारी थालनी गरिएको जनाएको छ ।