२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
उपराष्ट्रपति यादवसँग कोशी प्रदेश प्रमुख खापुङको भेट भारत भ्रमण उपलब्धिमूलक रह्योः परराष्ट्रमन्त्री सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियामा यात्रुबाहक बस दुर्घटना, दुई नेपालीको मृत्यु, १२ जना घाइते



अ+ अ-

काठमाडौं । मलेसियाको सेपाङमा भएको यात्रुबाहक बस दुर्घटना हुँदा २ नेपालीको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् ।

आइतबार राती मलेसियाको क्वालालुम्पुर अन्तर्राष्ट्रिय एअरपोर्टनजिकै भएको दुर्घटनामा परेर नेपालका रामु चौधरी र जागरनाथसिंह दनुवारको मृतु भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । उनीहरुको नेपालको ठेगाना खुल्न बाँकी रहेको छ ।

उक्त दुर्घटनामा परेर २ नेपालीसहित ११ जनाको मृत्यु भएको थियो । बसमा सवार ४३ यात्रु मध्ये १४ जना नेपाली रहेको थियो ।

यस्तै दुर्घटनामा घाइते हुने नेपालका लोकेश ओली, केशव थापा, कृष्ण बहादुर पुन मगर,सन्तोष कुमार यादव, लोकेन्द्र शहादुर शाही, सुरज यादव, महेश कुमार बुढाथोकी भरत शाही, पदम बहादुर कुँवर, सन्तोषकुमार शाह, सुमन काउचा मगर, र विश्वकर्मा मण्डल रहेका छन् ।

उनीहरुको पुत्राजय अस्पताल, सेरडाङ अस्पताल र बान्तिङ अस्पतालमा उपचार भइरहेको छ ।