
काठमाडौं । मलेसियाको सेपाङमा भएको यात्रुबाहक बस दुर्घटना हुँदा २ नेपालीको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् ।
आइतबार राती मलेसियाको क्वालालुम्पुर अन्तर्राष्ट्रिय एअरपोर्टनजिकै भएको दुर्घटनामा परेर नेपालका रामु चौधरी र जागरनाथसिंह दनुवारको मृतु भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । उनीहरुको नेपालको ठेगाना खुल्न बाँकी रहेको छ ।
उक्त दुर्घटनामा परेर २ नेपालीसहित ११ जनाको मृत्यु भएको थियो । बसमा सवार ४३ यात्रु मध्ये १४ जना नेपाली रहेको थियो ।
यस्तै दुर्घटनामा घाइते हुने नेपालका लोकेश ओली, केशव थापा, कृष्ण बहादुर पुन मगर,सन्तोष कुमार यादव, लोकेन्द्र शहादुर शाही, सुरज यादव, महेश कुमार बुढाथोकी भरत शाही, पदम बहादुर कुँवर, सन्तोषकुमार शाह, सुमन काउचा मगर, र विश्वकर्मा मण्डल रहेका छन् ।
उनीहरुको पुत्राजय अस्पताल, सेरडाङ अस्पताल र बान्तिङ अस्पतालमा उपचार भइरहेको छ ।









