१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी होमल्याण्ड सुरक्षा विभागकी प्रमुख निअसनले दिइन् राजीनामा



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होमल्याण्ड सुरक्षा विभागकी प्रमुख क्रिस्टजेन निअसनले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

अमेरिकामा दक्षिणी सीमा भएर आउने प्रवासीहरुलाई रोक्न असफल भएको भन्दै निअसनप्रति असन्तुष्टि जनाइएको थियो । त्यसलगत्तै उनले राजीनामा दिने फैसला गरेकी हुन् ।

निअसनले राजीनामापछि तत्कालका लागि होमल्याण्ड सुरक्षा विभाग प्रमुखको जिम्मेवारी कस्टम तथा सीमा आयुक्त केमिन म्याकअलिनानलाई दिइएको छ ।

राष्ट्रपति ट्रम्पको दक्षिणी सीमा भ्रमणको केही दिनपछि राजीनामाको घोषणा भएको हो । ट्रम्पले केही दिनअघि मात्रै सीमा बन्द गर्ने चेतावनी दिएका थिए तर उनी यो कुराबाट पछि हटेका छन् ।