२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारत भ्रमण उपलब्धिमूलक रह्योः परराष्ट्रमन्त्री सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिबियामा भिडन्त, ३२ जनाको मृत्यु, ५० जना घाइते



अ+ अ-

त्रिपोली । लिबियाको राजधानी त्रिपोली नजिक खलिफा हफ्तारप्रति वफादार सैनिकसँगको भिडन्तमा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन् ।

राष्ट्रसङ्घ समर्थित लिबियाली सरकारका स्वास्थ्य मन्त्री अहमिद ओमारका भिडन्तमा हफ्तार समर्थित १४ जना लडाकू समेत मारिएको जानकारी दिए ।

आइतबार पनि त्रिपोली नजिक हफ्तार समर्थित लडाकूहरु र अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सरकारबीच भिडन्त भएको थियो । राजधानी कब्जा गर्ने उद्देश्यसहित दुबै पक्षबाट हवाई आक्रमण समेत भएका थिए ।

संयुक्तराष्ट्र सङ्घ र संयुक्तराज्य अमेरिकाले तत्कालै युद्धविराम गर्न दुबै पक्षलाई आग्रह गरेपनि भिडन्तहरु रोकिएका छैनन् ।

लिबियाका नेता मौमर गद्दाफीको सन् २०११ मा मृत्यु भएपछि पनि लिबियामा विभिन्न समूहबीच युद्ध जारी छ । यी समूहबीच शक्ति हत्याउने र तेलकुवामा बर्चश्व कायम गर्न बेलाबखत भिडन्त हुने गरेको छ ।

हफ्तारको पछिल्लो क्रियाकलापले मुलुकलाई गृहयुद्धमा धकेल्ने सम्भावना रहेको जानकारहरु बताउँछन् । लिबियामा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानका निम्ति भइरहेका अन्तर्राष्ट्रिय कुटनीतिक प्रयास पनि सफल हुन सकेका छैनन् ।