७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात ठेकेदार कम्पनी कालोसूचीमा, को-को परे ?



अ+ अ-

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सात निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ ।

प्रतिष्ठा एक्सपोर्ट इम्पोर्ट प्रालीलाई तीन वर्षसम्मको लागि कालोसूचीमा राखिएको छ । यस्तै आरएस निर्माण सेवा हेटौडालाई पनि तीन वर्षसम्मको लागि कालोसूचीमा राखिएको छ ।

लवमी जनरल अर्डर सप्लायर्स हेटौडालाई तीन,श्री कृष्ण चर्तुभुज निर्माण सेवा हेटौडालाई तीन वर्ष, राना एण्ड पाख्रिन कन्स्ट्रक्सन जेभी हेटौडालाई तीन वर्ष, श्री कृष्ण मञ्जु कन्स्ट्रक्सनलाई तीन वर्ष, ग्लोबल विजनेस सप्लायर्स सानो भर्याङलाई तीन वर्ष, के एनएस ट्रेडर्स एण्ड विल्डर्स प्रालिलाई तीन वर्ष कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा राखिएको अवधिभर यी निर्माण व्यवसायीले कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।