७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशलाई समृद्धिको बाटोमा अघि बढाउन आवश्यक वातावरण तयार भयो : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धिको बाटोमा अघि बढाउन आवश्यक वातावरण तयार भएको दाबी गरेका छन् ।

सोमबार नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारण सभाको काठमाडौंमा उद्घाटन गर्दै उनले समृद्धिको अभियानलाई अघि बढाउन आवश्यक्ता अनुसार संविधान, कानुन परिमार्जन गर्दै लैजानुपर्ने बताए ।

विगतका गलत अभ्यास र परम्परालाई त्यागेर देशलाई समृद्ध बनाउने अभियानमा सक्रियताका साथ लाग्न पनि निजी क्षेत्रलाई प्रधानमन्त्री ओलीले आह्वान गरे ।