
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले प्रतिपक्षले सहयोग गरेमा अध्यादेशमार्फत शिक्षा ऐन ल्याउने बताएका छन्।
सोमबार अभिभावक संघ नेपाल र राष्ट्रिय अभिभावक संघको एकता घोषणासभालाई सम्बोधन गर्दै पोखरेलले संसदको बजेट अधिवेशन सुरु भएपछि ऐन ल्याउँदा समय लाग्न भएका कारण प्रतिपक्षको सहयोग आवश्यक रहेको बताए ।
उनले भने, ‘मलाई प्रतिपक्षका साथीहरूले सहयोग गर्नुहुन्छ भने अध्यादेशबाट पनि ऐन ल्याउन तयार छु।’
उनका अनुसार संसदको दुवै सदनबाट पारित भएर ऐन ल्याउन न्यूनतम दुई महिना लाग्ने उनले बताए।









